बारा २ को उपनिर्वाचनमा उम्मेद्बारहरूबीच तिब्र प्रतिस्पर्धा

Bhugolpark

६ बैशाख, २०८०,१५:४३

वैशाख ६, काठमाडौं।बारा जील्लाको क्षेत्र नंम्बर २ मा चुनावको मिति नजिकिदै गर्दा प्रचण्ड गर्मीको बावजुत चुनावी सरगर्मी बढेर गएको छ।भूगोल पार्कले नेताहरूसँग प्रत्यक्ष फोन सम्पर्क गरी उहाँहरूको संक्षिप्त परिचय, चुनावी घोषणा पत्र वा चुनावी ऐजेण्डा अरू उम्मेद्बारहरूलेभन्दा जित सुनिश्चित रहेको आधारहरू, चुनावमा विजयहाँसिल गरेमा सो क्षेत्रका जनताहरूको जनजीवीकाको विषयमा के-कस्ता कार्यहरू गर्नुहुन्छ ? भनि हामीले उहाँहरूसँग प्रश्न सोधेका थियौं।उहाँहरूले बोल्नुभएको बोलि जस्ताको तस्तै हाम्रो नेता डट अनलाइन, टुइटर, फेसबुक, युटुव, स्टाग्राम आदि सामाजिक सञ्जालमा समेत राखेका छौं।

बारा क्षेत्र नंम्बर २ मा वैशाख १० गते हुन गैरहेको प्रतिनिधि सभाको उपनिर्वाचनका राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रत्यासी उम्मेद्बार सोनालाल प्रसाद तेलीले हाम्रो देश नेपालमा संघीय गणतन्त्रको खारेजी संवैधानिक राजतन्त्र एवं हिन्दूअधिराज्यको आवश्यकतालाई पुरागर्नुपर्ने दाइत्व आफ्नो काँधमा आइपरेको बताउँदै संघीय गणतन्त्रमा भएको भ्रष्टचारलाई निर्मूल पार्ने बताए। उनले आफू बाराको स्थानीय बासिन्दा भएकोले उनीहरूको बास्तविक समस्याको बारेमा जानकार रहेको बताउदै सडक, खानेपानी, सिञ्चाइ, स्वस्थ्य, शिक्षा आदिको विषयमा संसदमा आवाज वुलन्द रुपमा उठाउँने बाताए।

बारा क्षेत्र नंम्बर २ मा वैशाख १० गते हुन गैरहेको प्रतिनिधि सभाको उपनिर्वाचनका नागरिक उन्मुक्ति पार्टीका प्रत्यासी उम्मेद्बार डा कमरुल्लाह अंसारीले आफ्नो मुख्य प्रतिस्पर्धा उपेन्द्र यादवसँग भएपनि उहाँ विगतमा कहिले सुनसरी त कहिले सप्तरीबाट चुनाव लड्ने अवसरवादी नेता आफू नभएको कारणले आफ्नो जित सुनिश्चित रहेको बताए ।उनले जनमत पार्टीका प्रत्यासी उम्मेद्बार शिवचन्द्र कुसवाहले चुनावी ऐजेण्डानै सिके रावतभएझैं प्रचारप्रसारमा जुटेकोले उहाँ सो क्षेत्रको आफ्नो मुख्य प्रतिश्पर्धी नभएको जिनिर गरे।उनले आफू विगत २० वर्षदेखि लोसपा, तमलोपा, जसपा आदि मधेशवादी पार्टीमा काम गरेपनि गरीब मधेशेहरूको हकहितमा काम नगरेकाले आफूले नागरिक उन्मुक्ति पार्टीबाट उम्मेद्बारी दिएको बताए।संघीय गणतन्त्रमा भएको भ्रष्टचारलाई निर्मूल पार्ने बताए। उनले आफू बाराको स्थानीय बासिन्दा भएकोले उनीहरूको बास्तविक समस्याको बारेमा जानकार रहेको बताउदै सडक खानेपानी, सिञ्चाइ, स्वस्थ्य, शिक्षा आदिको विषयमा संसदमा आवाज वुलन्द रुपमा उठाउँने बाताए।उहाँले बारा जिल्लाको गढीमाइ मेलालाइ थप व्यवस्थित पार्ने बताए।उहाँले बारा २ मा ३६ जना व्यक्तिले उम्मेद्वारी दिएकोमा २ जना उम्मेद्वारहरुले उम्मेद्वारी फिर्ता लिएकोले हाल ३५ जना व्यक्ति चुनावी प्रतिस्पर्धामा रहेको वताए।

बारा क्षेत्र नंम्बर २ मा वैशाख १० गते हुन गैरहेको प्रतिनिधि सभाको उपनिर्वाचनका नेपाल कम्युनिष्ट पार्टी (एमाले)का प्रत्यासी उम्मेद्बार पुरुषोत्तम पौंडेलले बारा २ एमालेको लालकिल्ला भएको एवं यस निर्वाचन क्षेत्रमा ग्रासरुटका कार्यकर्ताको समेत पूर्ण समर्थन आफूलाई भएको बताए।उनले आफू बारा २ को सचिव, बाराकै सहइन्चार्जको रुपमा काम गरेको बताउँदै हाल एमालेको पोलिटव्युरो सदस्य रहेको बताए।उनले आफूले २०२० सालदेखि वामपन्थी राजनीतिमा सक्रिय रहेको बताए।

संघीय गणतन्त्रमा भएको भ्रष्टचारलाई निर्मूल पार्ने बताए। उनले आफू बाराको स्थानीय बासिन्दा भएकोले उनीहरूको बास्तविक समस्याको बारेमा जानकार रहेको बताउदै सडक, खानेपानी, सिञ्चाइ, स्वस्थ्य, शिक्षा आदिको विषयमा संसदमा आवाज वुलन्द रुपमा उठाउँने बाताए।उहाँले बारा जिल्लाको गढीमाइ मेलालाइ थप व्यवस्थित पार्ने बताए।

बारा क्षेत्र नंम्बर २ मा वैशाख १० गते हुन गैरहेको प्रतिनिधि सभाको उपनिर्वाचनका जनमत पार्टीका प्रत्यासी उम्मेद्बार शिवचन्द्र कुसवाहले उम्मेद्वारी दिएका छन्।उनले २०३७ सालमा सैनिलमियाँ अन्सारीको पालादेखि विद्यार्थी राजनीति सुरु गरेको बताए।उनले २०४६ सालदेखि २०५४ सालसम्म एमालेमा सक्रिय राजनीति सुरु गरेका उनी २०५४ माघ १६ गते माओवादीमा प्रवेश गरी २०६३ सालसम्म भूमीगत राजनीति गरी उनले २०६४ सालमा बारा २ बाटै निर्वाचित भएका थिए।उनी गत निर्वाचनमा हालका उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग जम्मा ३८५ मतान्तरले पराजित भएका थिए।

माओवादी पार्टीले आम नेता कार्यकर्ताको भावना विपरित उपेन्द्र यादवलाई समर्थन गरेकोले मधेशी पार्टीको हक हितको लागि नयाँ विचार लिएको सिके राउतकै पार्टी रोजेको बताए।

संघीय गणतन्त्रमा भएको भ्रष्टचारलाई निर्मूल पार्ने बताए। उनले आफू बाराको स्थानीय बासिन्दा भएकोले उनीहरूको बास्तविक समस्याको बारेमा जानकार रहेको बताउदै सडक, खानेपानी, सिञ्चाइ, स्वस्थ्य, शिक्षा आदिको विषयमा संसदमा आवाज वुलन्द रुपमा उठाउँने बाताए।उहाँले बारा जिल्लाको गढीमाइ मेलालाइ थप व्यवस्थित पार्ने बताए।



189 Views

Comments