नयाँ वर्ष पहिलो दिन १० हजार यात्रुले चढे मनकामना केबुलकार

Bhugolpark

२ बैशाख, २०८०,१२:५८

२ बैशाख,काठमाडौं। मनकामना दर्शन प्रालिद्वारा चितवन कुरिनटारबाट गोरखा मनकामना मन्दिरसम्म सञ्चालित मनकामना केबुलकारबाट नयाँ वर्ष २०८० सुरुवातको पहिलो दिन शुक्रबार १० हजारजनाले यात्रा गरेका छन्। नेपालकै पहिलो मनकामना केबुलकारले करोडौँ पर्यटक एवं श्रद्धालु भक्तजन महानुभावहरूलाई सेवा प्रदान गर्दै अर्थोपार्जन गर्दै आएको छ ।

प्रालिका निर्देशक राजेशबाबु श्रेष्ठले नयाँ वर्षको पहिलो दिनमै १० हजारहाराहारी यात्रुले मनकामना केबुलकार चढेर मनकामना मन्दिर दर्शन गरेको जानकारी दिए। 

‘नयाँ वर्षको पहिलो दिनमै यात्रुको उल्लेख्य उपस्थितिबाट हामी उत्साहित भएका छौं,’ निर्देशक श्रेष्ठले भने, ‘मनकामना मन्दिर पुगेर रात बस्ने यात्रुका लागि गुणस्तरीय होटल निर्माण गरिरहेका छौं। होटल सञ्चालनमा आएपछि मनकामना मन्दिर पुग्ने स्वदेशी तथा विदेशी पर्यटक अझै बढ्ने विश्वास छ।’

उनका अनुसार गत चैत मसान्तसम्म ७ लाख ५० हजार यात्रुले मनकामना केबुलकारबाट यात्रा गरिसकेका छन्। मनकामना केबुलकार साढे दुई दशकअघि स्थापना भएको थियो।



213 Views

Comments