मेयर बालेन र सरकारबीच आरोप-प्रत्यारोप

Bhugolpark

२९ चैत्र, २०७९,१६:४८

२९ चैत,काठमाडौं।हिजो बसेको मन्त्री परिषद बैंठकले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले पदिय मर्यादा भूलेको जिकिर गर्दै सबै कुरा फोहोरमा नमिसाउँन आग्रह गरेको छ।

२५ चैतमा काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले राजनीतिक दलका नेताहरूप्रति कडा टिप्पणी गरेका थिए ।सिंहदरबारको फोहोर नउठाउने मेयर बालेन साहको घोषणा गर्दै देश सफा गर्न नेतालाई सिस्डोलमा डम्प गर्नुपर्छ भनेका थिए।

शुक्रबार गैरीगाउँस्थित बागमती किनारको सुकुमबासी बस्तीमा डोजर चलाउन खोज्दा असहयोगको महसुस गरेका मेयर साहले सिंहदरबारलाई असहयोग गर्ने संकेत गरेका थिए ।


449 Views

Comments