‘अडियो प्रकरण’को सत्यतथ्य छानविनका गर्न आज बैंठक बस्दै

Bhugolpark

२८ चैत्र, २०७९,११:२८

२८ चैत,काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको ‘अडियो प्रकरण’ आइतबार बजारमा यत्रतत्र सर्वत्र छ्यापछ्याप्त अखवरका पानाहरू भरीएका थिए।सो खवर सेलाउँन नपाउँदै फेरी, सोमबार उनको अर्को टेप सार्वजनिक भएको छ।पछिल्लो अडियोमा आफू सांसद ढाकाकुमार श्रेष्ठको भाई भएको बताएका छन्। उनले अब दाईको सांसद पद गुम्ने भएकोले आवश्यक सहजीकरणको लागि व्यापारी प्रसाई र उनको सल्लाहकार यदु गौतमलाई फोन गरेको सुनिन्छ।दुवै अडिओ कपुरबोट टिभीले सार्वजनिक गरेको हो।

मात्र छैनन् दोश्रो अडियोअनुशासन आयोगको बैठक आज बस्दैछ । सांसद ढाकाकुमार श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको ‘अडियो प्रकरण’का बारेमा छानबिन गर्नका लागि बैठक बस्न लागेको हो । बैठक बिहान ११ बजे बस्नेछ ।

अनुशासन आयोगका संयोजक भरतमणि देवकोटाका अनुसार सांसद श्रेष्ठले सोमबार बुझाएको स्पष्टीकरणका विषयमा छानबिन गरेर केन्द्रीय समितिलाई सिफारिस गर्नेछ । सो सिफारिसका आधारमा उनीमाथि के कस्तो कारबाही हुने ? त्यसका बारेमा केन्द्रीय समितिले निर्णय लिनेछ ।

सांसद श्रेष्ठले व्यापारी प्रसाईसँग गरेको भनी आएको अडियोको स्वर आफ्नो नभएको दाबी गर्दै आएका छन् । उनले चिन्दै नचिनेको प्रसाईसँग कसरी पैसा मागिन्छ ? भन्ने तर्क गर्दै आएका छन्। 

उता, सो पार्टीका सभापति रवि लामिछानेले भने आरोप प्रमाणित भएमा उनलाई सांसद पदबाट बर्खास्त गर्ने यसअघि नै जनाई सकेका छन् । 



260 Views

Comments