महासंघमा उमेशलाल श्रेष्ठको टिमबाट रामेश्वर शाहको उम्मेदवारी

Bhugolpark

२६ चैत्र, २०७९,१२:०२

२६ चैत,काठमाडौं। महासंघभित्रको राजनीतिमा नआई उद्योगी/व्यवसायीका वास्तविक समस्या समाधान नहुने मनन गरेर रामेश्वर शाहले उमेशलाल श्रेष्ठको टिमबाट वस्तुगततर्फको केन्द्रीय सदस्य पदमा दाबेदारी प्रस्तुत गरेका छन्।उनी महासंघमा रहेको विकृतिको अन्त्य गर्नका लागि उमेशलाल श्रेष्ठ वरिष्ठ उपाध्यक्षको प्रत्यासी भएर मैदानमा उभिएको बताउँछन्। उमेशलाल श्रेष्ठ पुष्पलाल श्रेष्ठ र साहाना प्रधानको छोरा (उमेशलाल श्रेष्ठ) भएपनि उनले कुनै पनि राजनीतिक आबद्धता नदेखाई निरन्तर रूपमा उद्योगी/व्यवसायीको हकहितमा उहाँले प्रभावकारी भूमिका निर्वाह गर्दै आउनु भएको छ। यस्तै श्रेष्ठको टिममा हेमराज ढकाल र दिनेश श्रेष्ठजस्ता अनुभवी व्यवसायी उपाध्यक्षका प्रत्यासी छन्।

पछिल्लो समय महासंघमा पदाधिकारी भएका व्यक्तीहरूले आफ्नै हकहितका लागि मात्रै वकालत गर्दै आएका छन्।समग्र उद्योगी/व्यवसायीभन्दा पनि आफ्नो पक्षपोषणमा उनीहरूको सक्रियता बढ्दो छ। महासंघलाई निजी क्षेत्रका सबै उद्योगी तथा व्यवसायीको वास्तविक छाता संगठन बनाउनकै लागि उनले सदस्यमा उम्मदेवारी दिएको बताए।महासंघलाई निजी क्षेत्रका सबै उद्योगी तथा व्यवसायीको वास्तविक छाता संगठन बनाउनकै लागि आफूले सदस्यमा उम्मदेवारी दिएको बताएका छन्।

महासंघमा वरिष्ठ उपाध्यक्षका लागि निर्वाचन हुने गरेको छ। अघिल्लो कार्यकालमा वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएको व्यक्ति पछिल्लो कार्यकालमा अध्यक्ष हुने व्यवस्थाका कारण थुप्रै विकृति पनि भित्रिएका छन्। अध्यक्षसँग वरिष्ठ उपाध्यक्षले समन्वयकारी भूमिका खेल्नुपर्ने महासंघको विधानले व्यवस्था गरेकाले उद्योगी/व्यवसायीका समस्या ओझेलमा पर्दै गएका छन्।

वरिष्ठ उपाध्यक्ष तीन वर्षपछि मात्रै अध्यक्ष हुने भएकाले उसले चुनावका बेला मतदातासँग गरेका प्रतिवद्धताहरू पुराना भइसकेका हुन्छन्। उसलाई नयाँ मुद्दाबारे चासो नहुन पनि सक्छ र नितान्त आफ्ना लागि सरकारी लबिइङ मात्र बढी गर्न सक्छ। त्यसैले महासंघमा अब अध्यक्षका लागि नै निर्वाचन हुनुको विकल्प छैन। उद्योगी/व्यवसायी साथीले आफूलाई विश्वास गर्नुभयो भने महासंघभित्र अध्यक्षात्मक प्रणालीको बनाउन आफ्नो सक्रियता प्रस्तुत गर्ने प्रतिबद्धता व्यक्त गर्ने बताए।

व्यक्तिगत लाभका लागि काम गर्ने परिपाटीको अन्त्य गर्न, निजी क्षेत्रसम्बन्धी नीतिनिर्माणमा महासंघको तर्फबाट अविभावकीय भूमिका निर्वाह गर्न, मित्रराष्ट्रहरुसँग व्यापारिक तथा कूटनीतिक सम्बन्ध सुधारका लागि सकारात्मक पहल गर्न आफ्नो उम्मेदवारीले महत्वपूर्ण भूमिका निभाउने कुरा आश्वास्त हुँन मतादाताहरूलाई अपिल गर्नुभएको छ। सरकारी निकायसँग घनीभूत सम्बन्ध स्थापति गर्दै व्यवसायमैत्री वातावरण निर्माण गर्न, आन्तरिक उत्पादन बढाउने गरी कानुनी पूर्वाधार निर्माण गर्न, व्यवसायमैत्री वातावरण निर्माण गर्दै प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन गरी काम गर्ने आफूले अठोट लिएको बताए। पर्यटन प्रवर्द्धन र रोजगारी बढाउन, राजस्व संकलन र खर्च परिचालनबीचको समन्वयकारी भूमिका निर्वाह गर्न र बैंक तथा वित्तीय संस्थाको विश्वसनीयता बढाउनका लागि नेतृत्वदायी भुमिका निर्वाह गर्न आफूले उम्मेदावरी दिएको बताए।

नेपालमा उद्यमशिलता विकासका लागि कम्पनी दर्ता प्रक्रिया सहजीकरण र ज्ञानमा आधारित अर्थतन्त्र विकास आवश्यक छ। नयाँ उद्यम विकासका लागि ढोका बन्द गरिएका छन्। प्रत्येक वर्ष अर्थमन्त्रीले लोकप्रिय हुने नाममा शैक्षिक प्रमाणपत्र धितोमा राखेर १५/२० लाख कर्जा दिने नीति ल्याउँछन्। तर, उद्यमशिलताको ज्ञान भएका र वित्तीय पहुँच नभएकाले उक्त सुविधा पाउँदैनन्। राजनीतिक कार्यकर्ताहरूलाई उक्त रकम बाँडिन्छ। जसले गर्दा उक्त कर्जा पाउने कार्यविधिमा अनेकौं अडचन थाप्ने काम नियमकारी निकायले गर्दै आएका छन्। यस्तो विकृति रोक्न अब जग्गाधितो राखेर कर्जा दिने पराम्परागत सोचबाट मुलुक बाहिर आउनुपर्छ। कुनै विशिष्टीकृत आइडिया भएका र व्यवसाय गर्ने सोच भएकालाई उनीहरुको प्रोजेक्टका आधारमा कर्जा दिने व्यवस्था मिलाउन आवश्यक छ। यस्तो पहल गर्न पनि आफूले उम्मेदवारी घोषणा गरेको बताए।

उनले गैरआवासीय नेपाली संघ (एनआरएनए)मा पनि उपाध्यक्ष भएर काम गरी सकेका छन्। जसले विदेशको व्यावसायिक वातावरण र नेपालको वातावरण अध्ययन गर्ने अवसर पनि उनलाई मिलेको छ। सिराहको लहानबाट माध्यमिक तहसम्मको अध्ययन गरी नयाँदिल्लीबाट चार्टर्ड एकाउन्टेन्स पूरा गरेँ। मलेसियामा १६ वर्ष काम गरेकाले विदेशमा नेपालीहरूको अवस्थाबारे धेरैथोरै चासो राख्ने भएकाले यसले महासंघमा भूमिका खेल्ने कुरामा पनि सहयोग नै गर्नेछ।

एनआरएनएमा बसेर अरुलाई मात्रै नेपालमा लगानी गर्न आग्रह गर्दा आफैंलाई पनि अप्ठ्यारो महसुस हुन थालेपछि आफूले नेपाल फर्किएर केटीएम सेक्युरिटी तथा फेसिलिटी सुरु गरेको बताए। अहिले म आउटसोर्सिङ संघको अध्यक्ष छु। यहीबीचमा चितवनमा संभवत होटल निर्माणको काम अगाडि बढिरहेको छ। आगामी डिसेम्बरभित्र उक्त होटल संचालनमा ल्याउने तयारी भइरहेको छ। विदेशी लगानी भित्र्याउन, पर्यटन तथा आउटसोर्सिङका समस्या पैरवी गर्न पनि आफूले आफ्नो उम्मेदवारी दिएको बताए ।

 कुल गार्हस्थ्य उत्पादन(जीडीपी)मा निजी क्षेत्रको योगदान करिब ८० प्रतिशत छ। जीडीपीको तुलनामा राजस्वको योगदान करिब २१ प्रतिशत छ। राजस्वको प्रमुख स्रोत निजी क्षेत्र हो। निजी क्षेत्रको उद्यम व्यवसायकै कारण सरकारले उठाउने राजस्वको आधार फराकिलो बन्दै गएको छ।

चालु आर्थिक वर्षमा १४ खर्ब ३ अर्ब राजस्व संकलनको लक्ष्य लिने आधार निजी क्षेत्रको योगदानकै कारण बनेको हो। गत वर्ष करिब १० खर्ब ६७ अर्ब रुपैयाँ सरकारको राजस्व निजी क्षेत्र संकलन भएको छ।

यतिबेला नेपालको निजी क्षेत्र समस्यामा छ। उद्यम/व्यवसाय प्रभावित भएको छ। यसका पछाडि कतिपय अन्तर्राष्ट्रिय घटनाक्रम, कतिपय आन्तरिक समस्या, कतिपय संचरनागत समस्या र कतिपय स्वयं उद्योगी/व्यवसायीका द्वन्द्वका कारण सिर्जना भएका छन्।

यतिबेला ठुला उद्योगी/व्यवसायी भन्दा पनि लघु, घरेलु साना तथा मझौला उद्योगी/व्यवसायी समस्यामा छन्। साना तथा मझौला उद्योगी/व्यवसायीहरुको अर्थतन्त्रमा योगदान ठूलो छ। उनीहरु मजबुत नभई ठूला उद्योगी/व्यवसायी पनि सबल बन्न सक्दैन्। उनीहरुको समस्या मुखरित गरिदिने स्वरहरु एकदमै कम हुँदै गइरहेको छ। यसको अर्थ ठूला उद्योगी/व्यवसायी समस्यामा छैनन् भन्ने पटक्कै होइन। तुलनात्मक रुपमा मझौलास्तरका उद्योगी/व्यवसायी बढी समस्यामा परेका छन् भन्ने तस्बिर प्रस्तुत गर्न चाहेको मात्रै हो।

सन् २०१९ को अन्त्यतिर सुरु भएको कोभिड महामारीसँगै विश्व अर्थतन्त्रमा कच्चा पदार्थको बढ्दो माग तथा मूल्यवृद्धिबाट विश्व अर्थतन्त्र नै प्रभावित भएको समयमा नेपाली अर्थतन्त्र प्रभावित नहुने कुरा भएन। रुस-युक्रेन युद्धका कारण पेट्रोलिय पदार्थको मूल्यमा भएको वृद्धि, विश्वस्तरमा देखिएको खाद्यान्न संकट र अमेरिकी तथा युरोपली अर्थतन्त्रमा भएको महँगी नियन्त्रणका लागि निरन्तर रुपमा गरिएको ब्याजदर वृद्धिको परकम्प नेपाली अर्थतन्त्रसम्म आइपुगेको छ।

गत आर्थिक वर्ष नेपालको बाह्य क्षेत्र निकै ठूलो दबाबबाट गुज्रिएको सत्य हो। कोभिडपछि पुनरुत्थानतर्फ उन्मुख अर्थतन्त्रले बढी लगानी माग गर्नु पनि स्वाभाविकै थियो। राष्ट्र बैंकले सुरुमा ल्याएको खुकुलो मौद्रिक नीतिका कारण सञ्चितिमा विस्तारै दबाब बढ्दै गएको देखिन्छ।

रामेश्वर शाह र उहाँको टिमलाई महासंघको पदाधिकारीहरूमा विजयको हार्दिक शुभकामना व्यक्त गर्दछौं।



181 Views

Comments