फिनल्यान्ड औपचारिक रूपमा नेटोमा आवद्ध

Bhugolpark

२३ बैशाख, २०८१,११:५७

फिनल्यान्ड नेटोमा आवद्ध भएपछि रूस सतर्क बनेको छ।  

२२ चैत,काठमाडौं।भूगोल पार्कको दृष्टिकोणमा फिनल्यान्ड औपचारिक रूपमा नेटोमा आवद्ध भएसँगै अमेरीका-नेटोमा आवद्ब देश र रशियाबीच थप सुरक्षा चुनौति थपिने आँकलन गरिएको छ। फिनल्यान्ड औपचारिक रूपमा उत्तरी एटलान्टिक सन्धी संगठन (नेटो)मा आवद्ध भएको छ। 

सिएनएनका अनुसार, मंगलबार ३१ औं सदस्य राष्ट्रका रूपमा फिनल्यान्ड नेटोमा आवद्ध भएको हो। ब्रसेल्सस्थित नेटोको हेडक्वार्टर परिसरमा विशेष समारोह आयोजना गरी नेटोमा आवद्ध देशका झन्डासँगै फिनल्यान्डको झन्डा फहराइएको थियो। 

नेटोमा आवद्ध हुने फिनल्यान्डको निर्णयलाई ऐतिहासिक कदम भनिएको छ। फिनल्यान्ड रूससँग सिमाना जोडिएको देश हो। गतवर्ष रूसले युक्रेनमाथि आक्रमण गरेपछि फिनल्यान्डले नेटोमा आवद्ध हुन निवेदन दिएको थियो।

त्यसको एक वर्षपछि फिनल्यान्ड नेटोको सदस्य राष्ट्र बनेको हो। अब फिनल्यान्डमाथि कुनै देशले आक्रमण गरे नेटोका बाँकी ३० देशले फिनल्यान्डलाई सघाउनेछ। 

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेन र नेटोका महासचिव जेन्स स्टोलटेनवर्गले फिनल्यान्डका विदेशमन्त्री पेक्का हाविस्तोलाई बधाई दिँदै अब फिनल्यान्ड थप शक्तिशाली भएको बताए। 

फिनल्यान्ड नेटोमा आवद्ध भएपछि रूस सतर्क बनेको छ।  'रूससँग सिमाना जोडिएको फिनीस भूमिमा नेटोले सेना र उपकरण तैनाथ गरे भने हामी पश्चिमी र उत्तरपश्चिममा हाम्रो सैन्य क्षमतालाई सुदृढ गर्नेछौं,’ रूसका सहायक विदेशमन्त्री अलेक्जेन्डर ग्रुस्कोले रूसी समाचार एजेन्सी रिया नोवोस्तीलाई भनेका छन्।  



156 Views

Comments