सर्वोच्चमा रवि लामिछानेविरुद्ध रिटको सुनुवाइ आज

Bhugolpark

२० बैशाख, २०८१,११:१७

२२ चैत,काठमाडौं।भूगोल पार्कको दृष्टिकोणमा आम नेपाली जनहरूको मन मुटुमा बस्न सफल स्वच्छ छविका रविलाई देश र नेपाली जनहरूले चिन्नु अपरिहार्य देखिन्छ भने सम्मानित सर्वोच्च अदालतले पनि रविले राहदानी प्रयोगमा केही प्राविधिक त्रुटी गरेको भएपनि दूरुपयोग गरेको नदेखिएकोले उनले उन्मुक्ति पाउने अपेक्षा गरिएको छ।यस पटक पनि चितवन-२ मा हुने उपनिर्वाचनमा रविले जित्ने देखिन्छ।

सर्वोच्च अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको रिट निवेदनको आज सुनुवाइ हुने भएको छ । न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासमा मंगलबार पेसी तोकिए पनि हेर्न नमिल्ने भएपछि आजका लागि सुनुवाइ तय भएको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए । 

रास्वपाका सभापति लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी मुद्दा नचल्ने भनी महान्यायाधिवक्ता डा दिनमणि पोखरेलले गरेको निर्णय बदर गर्नुपर्ने माग गर्दै दायर गरेको रिट निवेदन सोमबार दर्ता भएको थियो । 

अधिवक्ता युवराज पौडेल ‘सफल’ले लामिछानेविरुद्ध दायर गरेको रिट निवेदनमा राहदानी दुरुपयोगमा सजाय हुनुपर्नेमा उन्मुक्ति दिएको उल्लेख गर्दै उक्त निर्णय बदर गर्न माग गरिएको छ ।

अदालतले यसअघि नै उनले प्रक्रियागत रूपमा नेपाली नागरिकता नलिएको उल्लेख गर्दै लामिछाने नेपाली नागरिक नभएको फैसला सुनाएको थियो । उक्त फैसलासँगै लामिछानेको सांसद र मन्त्री पद गुमेको थियो । अहिले जिल्ला प्रशासन कार्यालयबाट प्रक्रिया पूरा गरी लामिछानेले नेपाली नागरिकता लिइसकेका छन् । 

महान्यायाधिवक्ता डा पोखरेलले यही चैत ६ गते लामिछानेमाथि राहदानी दुरुपयोगमा मुद्दा नचलाउने निर्णय गरेका थिए । जिल्ला सरकारी वकिलको कार्यालयहुँदै उच्च सरकारी वकिलको कार्यालयबाट आएको प्रतिवेदन र महान्यायाधिवक्ता कार्यालयको टिप्पणीको आधारमा महान्यायाधिवक्ताले मुद्दा नचलाउने निर्णय गरेको बताइएको छ । उक्त निर्णय बदर गर्न माग गर्दै रिट निवेदन परेको थियो । 



113 Views

Comments