कुमारी बैंकले मनायो २२ औं वार्षिकोत्सव

Bhugolpark

२१ चैत्र, २०७९,१४:२०

कुमारी बैंकका ग्राहकहरूमा खुसिको खवर !

आजै नेपालको उत्कृष्ट नंम्बर वान बैकमा खाता खोलि मौकाको फाईदा लिनुहोस्।

२१ चैत,काठमाडौं।भूगोल पार्कले लामो समयदेखि कुमारी बैंक लिमिटेडको बारेमा पाठक वर्गलाई समाचार प्रवाह गरिरहेको सर्वविधितै छ । कुमारी बैंक लिमिटेडले ‘सबैका लागि, सधैंका लागि’ भन्ने नाराकासाथ विगत लामो समयदेखि अनवरत रुपले गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आएकोले यो बैंक नेपालीहरूको मनमा बस्न सफल भएको बैंक हो।यो बैंक नेपाल सरकारबाट ‘क’ श्रेणीको मान्यता पाएका ठुला बैंकहरूमध्येका हुन्।

वार्षिकोत्सवको अवसरमा बैंकले आफ्ना सम्पूर्ण ग्राहक तथा शुभचिन्तकहरूलाई कृतज्ञता ज्ञापन गर्दै आफ्नो सफलतामा महत्वपूर्ण भूमिका निर्वाह गर्नु हुने सम्पूर्ण ग्राहकवर्गहरूको सहयोग तथा विश्वासप्रति हार्दिक आभार व्यक्त गरेको छ ।

कुमारी बैंक देशकै अग्रणी बैंक बन्ने आफ्नो परिकल्पना तथा योजना अनुरुप आफ्ना ग्राहकहरूलाई उत्कृष्ट बैंकिङ्ग सेवा तथा वित्तीय सुविधाहरू प्रवाह गर्नका लागि हरदम प्रतिबद्ध रहेको जनाएको छ ।

वार्षिकोत्सवको उपलक्ष्यमा बैंकले आफ्ना ग्राहकहरूका लागि विभिन्न विशेषतायुक्त बैंकिङ्ग सुविधा योजना प्रस्तुत गरेको छ । ग्राहकहरूलाई थप वचत गर्ने अवसर प्रदान गर्दै सम्पूर्णवचत खाताहरूमा लकर मार्जिनमा ७५ प्रतिशत छुट प्रदान गर्दै विभिन्न साझेदारहरू मार्फत थप सुविधाहरु पनि प्रस्तुत गरेको छ ।

यसका साथै वार्षिकोत्सवको अवसरमा बैंकले क्रेडिट कार्ड प्रयोगकर्ताहरूका लागि निः शुल्क दर्ता गर्ने तथा वार्षिक शुल्कहरूमा पनि छुट प्रदान गरेको छ । साथै, बैंकले प्रारम्भिक बिज रकमलाई छोटो समयमै पाँच देखि सय गुणा वृद्धि गर्ने विशेष योजना ‘रिकरिङ्ग मुद्दति’ खातासमेत संचालमा समेत ल्याएको छ ।

नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) र कुमारी बैंक मर्ज भएको थियो। दुई बैंकबीच सेयर आदनप्रदान अनुपात (स्वाप रेसियो) १:१ मा मर्जर भई हाल कुमारी बैंकको नामबाट एकिकृत कारोबार भएको छ।एकीकृत कारोबारपश्चात् बैंकको चुक्ता पुँजी रु २६ अर्ब २३ करोड, कूल निक्षेप रु तीन खर्ब दुई अर्ब र कर्जा रु दुई खर्ब ८० अर्ब पुग्नेछ । गाभिएपश्चात् शाखा सङ्ख्या तीन सय छ, एटिएम सङ्ख्या तीन सय ४४, एक्स्टेन्सन काउन्टर ४७ र शाखारहित शाखा ६२ वटा पुग्नेछन् ।



198 Views

Comments