चितवन–२ उपनिर्वाचनमा कडाप्रतिस्पर्धा

Bhugolpark

२९ बैशाख, २०८१,१२:१३

२० चैत, चितवन।भूगोल पार्कको दृष्टिकोणमा यस पटकको तीन ओटै क्षैत्रमा हुने उपनिर्वाचनलाई सत्ता गठबन्धन दल एमाले र रास्वपाले शक्ति प्रर्दशनका रुपमा हेरेका छन्।आज हामी चितवन २ मा हुने चुनावका बारेमा चर्चा परिचर्चा गर्ने जमर्को गरेका छौं।  

चितवन २ मा यसअघि निर्वाचित रवि लामिछानेको पद नागरिकता मुद्दामा गुमेपछि उपनिर्वाचन हुन लागेको हो। रास्वपा सभापति लामिछानेले यसपटक केही समस्या नभएको भन्दै उनले मत मागेका छन्। ‘म फेरि न्यायिक कठघरामा उभिन तयार छु। मेरो बारेमा कानुनी अल्झन छैन। अदालती प्रक्रियाबाट टुंगिएको छ,’ उनले भने, ‘मेरो शक्ति भनेको जनता मात्रै हुन्। त्यसैको आधारमा चुनावमा आएको छु।’ 

कांग्रेसका जितनारायण श्रेष्ठ केन्द्रीय नेतासहित मनोनयन दर्ता गर्न पुगेका थिए। सत्ता गठबन्धनका साझा उम्मेदवार बनेका श्रेष्ठको प्रस्तावकमा कांग्रेस जिल्ला सभापति राजेश्वर खनाल र समर्थकमा माओवादी जिल्ला अध्यक्ष रामचन्द्र अधिकारी छन्। ‘मैले क्षमता र योग्यता भए पनि जागिर र विदेश छाडेर परिवर्तनका लागि होमिएको छु। यहीँको माटोमा पसिना बगाएर आएको छु। त्यसैले यो पटक जनताले मान्छे चिनेका छन्’, श्रेष्ठले भने, ‘चितवनलाई प्रयोगशाला मात्रै बनाइयो। यसपटक जनताले यही माटोमा भिजेको प्रतिनिधि छान्नेछन्।’

चुनावी सभा गर्दै नेताहरू कार्यकर्ताका साथमा मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए। मुख्य गरेर कांग्रेस, एमाले र रास्वपाका उम्मेदवारबीच प्रतिस्पर्धा हुने भए पनि साना दलको पनि सहभागिता रह्यो। 

यसअघि तेस्रो स्थानमा आएको एमालेले जित्ने दाबी गरेको छ। जनताको सामिप्यता नै जित्ने आधार रहेको एमाले उम्मेदवारको भनाइ छ। एमालेका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेले सोमबार उम्मेदवारी दर्ता गरे। एमालेका बागमती प्रदेश सचिव विजय सुवेदी प्रस्तावक र नेता कृष्णभक्त पोखरेल समर्थक छन्। सुवेदी स्थानीय निर्वाचनमा भरतपुर महानगर प्रमुखमा पराजित भएका थिए।

गएको मंसिरमा चितवन ३ मा उम्मेदवार बनेका न्यौपानेको उम्मेदवारी फिर्ता भएको थियो। एमालेले कांग्रेसबाट विद्रोह गरेर उम्मेदवार बनेका दिनेश कोइरालालाई समर्थन गरेको थियो। 

‘पहिलाजस्तो यसपटक हुँदैन। हामी माहोल राम्रो बनाएर चुनावमा होमिएका छौं’, न्यौपानेले भने, ‘पहिलाको अवस्थामा धेरै सुधार आएको छ। हाम्रो पार्टीका सदस्यहरू आफ्नो ठाउँमा छन्। हामी जित्छौं।’ 

राप्रपाले जीवलाल पुरीलाई उम्मेदवार बनाएको छ। सानादेखि ठूला दलसम्मका उम्मेदवारले उत्साहपूर्ण रूपमा मनोनयन दर्ता गरे। 

 

४ मंसिरमा भएको निर्वाचनमा सबभन्दा धेरै मतान्तरसहित विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको सांसद पद नागरिकता विवादका कारण खारेज भएपछि १० वैशाखमा उपचुनाव हुँदैछ । उपचुनावका लागि सोमबार १२ स्वतन्त्र सहित २४ जनाको उम्मेदवारी परेको छ ।

इच्छाकामना गाउँपालिका, कालिका नगरपालिका र भरतपुर महानगरपालिकाको १० वटा वडा क्षेत्र नं. २ मा पर्दछन् ।

गत निर्वाचनमा यो क्षेत्रबाट रास्वपाका रवि लामिछानेले ४९ हजार ३०० मत ल्याएर जितेका थिए भने, पाँचदलीय गठबन्धनका कांग्रेस उम्मेदवार उमेश श्रेष्ठले १४ हजार ९८८ र एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६५२ मत ल्याएका थिए । यसपटकको प्रतिस्पर्धालाई रोचक बनाउन र परिणाम आफ्नो पक्षमा पार्न ठूला दलहरूले सक्रियता बढाएका छन् ।


108 Views

Comments