उपनिर्वाचनका लागि बारा-२मा ३६ जनाको उम्मेदवारी

Bhugolpark

२७ बैशाख, २०८१,११:०७

२१ चैत,काठमाडौं।भूगोल पार्कले देशविदेशको राजनीतिक, सामाजिक, आर्थिक, खेलकुद, मोरञ्जन आदि विविध विधामा पाठकहरूलाई सत्यतथ्य सही सूचना प्रबाह गरी रहेका छौं।आज हामी वैशाख १० गते हुने उपनिर्वाचनको लागि बारा क्षेत्र नम्बर २ मा सबैभन्दा धेरै ३६ जनाले उम्मेदवारी दिएको विषय लिएर आएका छौं। बारा क्षेत्र नम्बर २ मा सबैभन्दा धेरै ३६ जनाले उम्मेदवारी दिएको भएपनि मुख्य प्रतिस्पर्धा भने जसपा नेपाल एमाले र जनमत पार्टीका उम्मेद्बारबीच त्रीपक्षीय भिडन्त हुने देखिन्छ।

निर्वाचन आयोगले सोमबार अपराह्न ५ बजेसम्मको लागि उम्मेदवारी दिने समय तोकेको थियो। 

उक्त समयभित्र बारा-२मा मात्रै ३६ जनाले उम्मेदवारी दिएका थिए। 

नेकपा एमालेका पुरूषोत्तम पौडेल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका शिवचन्द्र प्रसाद कुशवाहा, नागरिक उन्मुक्ति पार्टीका कमरूल्लाह अन्सारी, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेशप्रसाद खरेल र आम जनता पार्टीका अरूणकुमार ज्ञवालीले उम्मेदवारी दिएका थिए। 

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका सोनालालप्रसाद साह तेली, राप्रपा नेपालका मनिफ मिया अंसारी नेपाल मजदुर किसान पार्टीका मुक्तिप्रसाद यादव, नेपाल संघीय समाजवादी पार्टीका नेजारूल अंसारी, मंगोल नेशनल अर्गनाइजेसनका प्रमोद राम चमार र हाम्रो नेपाली पार्टीका चन्द्रप्रकाश सुवेदीले उम्मेदवारी दिएका छन्।  

अन्यले भने स्वतन्त्र उम्मेदवारी दिएका छन्।

वैशाख १० गते तीन क्षेत्रमा उपनिर्वाचन हुँदैछ। यस क्षेत्रसँगै तनहुँ क्षेत्र नम्बर १ र चितवन क्षेत्र नम्बर २मा पनि उपनिर्वाचन हुँदैछ। 

चितवनमा २४ जनाले उम्मेदवारी दिएका छन् भने तनहुँमा ९ जनाले उम्मेदवारी दिएका हुन्। 



209 Views

Comments