चितवन क्षेत्र नं २ बाट त्रीपक्षीय भिडन्त

Bhugolpark

२० बैशाख, २०८१,१६:४२

२० चैत,काठमाडौं।भूगोल पार्कको दृष्टिकोणमा आगामी वैशाख १० मा हुन लागेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा चितवन क्षेत्र नं २ बाट त्रीपक्षीय भिडन्त हुँने छ रास्वपा अध्यक्ष रविले नै बाझी मार्ने देखिन्छ।

वैशाख १० मा हुन लागेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा चितवन क्षेत्र नं २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उम्मेदवारी दर्ता गर्नुभएको छ । आज बिहान १० बजे मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगी उहाँले आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको हो । उहाँको प्रस्तावकमा सीता ज्ञवाली र समर्थकमा विक्रम श्रेष्ठ हुनुहुन्छ । उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उहाँले निर्वाचन स्वच्छ र स्वस्थ प्रतिस्पर्धामा होस् भन्ने चाहना रहेको बताउनुभयो । प्रतिनिधिसभाको निर्वाचन भएको चार महिनापछि निर्वाचन हुनु दुःखद् भएको बताउदैं आफू निर्वाचनका लागि उत्साहित भएको उहाँको भनाइ थियो ।

चितवन निर्वाचन क्षेत्र नम्बर २ मा कांग्रेसका जितनारायण श्रेष्ठले उम्मेदवारी दर्ता गरेका छन् । सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर श्रेष्ठले उम्मेदवारी दर्ता गरेका हुन् ।

यो क्षेत्रमा एमालेका रामप्रसाद न्यौपाने उम्मेदवारी दर्ता गरेका छन् । श्रेष्ठको प्रस्तावक राजेश्वर खनाल र समर्थकमा रामचन्द्र अधिकारी रहेका छन् ।  यसअघि यो क्षेत्रमा मंसिरको निर्वाचनमा लामिछाने निर्वाचित भएका थिए ।



27 Views

Comments