बारा २ मा ४ जनाले मनोनयन दर्ता गराए

Bhugolpark

२९ बैशाख, २०८१,१५:४१

उपेन्द्र यादव, शिवचन्द्र कुशवाहा र पुरुषोत्तम पौडेलबीच त्रीकोणात्मक प्रतिस्पर्धा हुने भएको छ।

२० चैत, बारा । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले समर्थकहरु सहित बारा २ मा उम्मेदवारी दर्ताका गरेका छन् । १० वैशाखमा हुने उपनिर्वाचनका लागि उनले कलैयास्थित जिल्ला समन्वय समितिको कार्यालयमा स्थापना गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गरेका हुन् ।

मनोनयन दर्ताका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय प्रवेश गर्नुअघि उनले सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै बाराको जनताले बोलाएपछि उनीहरुको सम्मानमा चुनाव लड्न आएको बताए । ‘जनता अजय हुन्छ । जनता सबैभन्दा माथि हुन्छ । जनतामा उत्साह उमंग भरिएको छ’, उनले भने ।

बारा २ मा नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेल उम्मेदवारी मनोनयनका लागि कलैयास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका छन् । जसपाका उपेन्द्र यादवले उम्मेदवारी दर्ता गरेलगत्तै एमालेका पौडेल उम्मेदवारी दर्ताका लागि पुगेका हुन् ।

पौडेलको समर्थकका रुपमा वलबीर चौधरी र समर्थकमा वन्दना सिंह रहेका छन् । पौडेलले उम्मेदवारी दर्ता गरेपछि जनमतका उम्मेदवार उम्मेदवारी दर्ताका लागि आउँदैछन् ।

यो क्षेत्रमा जनमत पार्टीबाट शिवचन्द्र कुशवाहा, रास्वपाबाट रमेश खरेललेसमेत उम्मेदवारी दिँएको भएतापनि उपेन्द्र यादव, शिवचन्द्र कुशवाहा र पुरुषोत्तम पौडेलबीच त्रीकोणात्मक प्रतिस्पर्धा हुने भएको छ।



143 Views

Comments