तनहुँ- १ मा त्रीपक्षीय भिडन्त

Bhugolpark

२८ बैशाख, २०८१,१५:२१

२० चैत,काठमाडौं।तनहुँ क्षेत्र नम्बर-१ मा १० वैशाखमा हुने निर्वाचनका लागि नेपाली कांग्रेसका गोविन्द भट्टराईले उम्मेदवारी दिएका छन् ।उनलाई माओवादीले साथ दिएको छ।

सत्तारुढ गठबन्धनका साझा उम्मेदवार उनको प्रस्तावकमा कांग्रेसकै श्यामकुमार मौराती र सर्मथक सरिता गुरुङ छन् । माओवादी केन्द्रका नेता एवं गण्डकीका भौतिक पूर्वाधारमन्त्री हरिबहादुर चुमान पनि भट्टराईसँगै मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए ।

यसअघि एमालेका सर्वेन्द्र खनाल, राप्रपाकी शोभा गुरुङ, नेपाल मजदुर किसान पार्टीका रामप्रसाद प्रजापति, मंगोल नेसनल अर्गनाइजेसनका प्रेमबहादुर थापा, राष्ट्रिय जनमुक्ति पार्टीका पूर्णबहादुर राना उम्मेदवारी दर्ता गराइसकेका छन् ।

त्यस्तै तनहुँ-१ को उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट स्वर्णिम वाग्लेले उम्मेदवारी दर्ता गरेका छन् । चितवनबाट उम्मेदवारी दर्ता गराएका सभापति रवि लामिछाने तनहुँ पुगेपछि वाग्लेले उम्मेदवारी दर्ता गरेका हुन् ।

वाग्लेको प्रस्तावकमा विश्व बाँस्तोला र समर्थकमा रुपक विक घिमिरे रहेका छन् । नेपाली कांग्रेसका पूर्वसचिवसमेत रहेका बाँस्तोला सोमबार नै रास्वपा प्रवेश गरेका हुन् । घिमिरे पनि तनहुँ-१ मा उम्मेदवारका आकांक्षी भए पनि पछि वाग्लेलाई छाडेका थिए ।




86 Views

Comments