महालक्ष्मी विकास बैंकले पायो १ अर्बको ऋणपत्र निष्काशन अनुमति

Bhugolpark

७ बैशाख, २०८१,१५:२९

आजै महालक्ष्मी विकास बैंक लि. को ग्राहक बन्नुहोस्, विभिन्न सेवासुविधा लिनुहोस् !

१९ चैत,काठमाडौं।भूगोल पार्कले लामो समयदेखि महालक्ष्मी विकास बैंक लिमिटेडको बारेमा पाठक वर्गलाई समाचार प्रवाह गरिरहेको सर्वविधितै छ । महालक्ष्मी विकास बैंक लिमिटेडले नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको मान्यता प्राप्त इजाजत प्राप्त राष्ट्रिय स्तरको संस्था हो । महालक्ष्मी विकास बैंक लिमिटेडले विगत २८ वर्ष देखि नवरत रुपले गुणस्तरिय वित्तीय सेवा नेपाली जनताको घरदैलोमा गएर प्रदान गर्दै आएकोले नै नेपालीहरूको मनमा बस्न सफल भएको छ ।

महालक्ष्मी विकास बैंक लिमिटेड “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्ष देखि अनवरत रुपले सरल, सहज र गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आईरहेको छ ।

महालक्ष्मी विकास बैंक लिमिटेडले ऋणपत्र निष्काशनको अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले गत चैत्र ५ गते बैंकलाई ऋणपत्र निष्काशनको अनुमति दिएको हो ।

बैंकले प्रति ऋणपत्र अंकित मूल्य रु.१००० दरले कुल १ अर्ब रुपैंया बराबर अर्थात् १० लाख कित्ता ऋणपत्र बिक्री गर्न लागेको हो । उक्त ऋणपत्र मध्ये रु. ६० करोड रकम बराबरको ऋणपत्र अर्थात् ६ लाख कित्ता व्यक्तिगत तवरबाट र रु.४० करोड बराबरको ऋणपत्र अर्थात् ४ लाख कित्ता सर्वसाधारण नेपालीहरूमा सार्वजनिक निष्कासनबाट बिक्री गरिनेछ । १० वर्ष अवधिको यस ऋणपत्रमा वार्षिक ११ प्रतिशत ब्याज प्रदान गरिने बैंकले जनाएको छ।  

कम्पनीले ऋणपत्र निष्काशको लागि एनआईसी एसिया क्यापिटललाई बिक्रि प्रबन्धक चयन गरेको छ ।


109 Views

Comments