नेपाललाई थ्री नेसन्स कपको उपाधि

Bhugolpark

१७ चैत्र, २०७९,२०:११

आयुष घलानले प्लेयर अफ त टुर्नामेन्ट एवं मनिष डाँगी प्लेयर अफ द फाइनल

‘फिफा विन्डो’ मा नपरेको हुनाले यो खेलको औपचारिक अन्तर्राष्ट्रिय मान्यता भने हुने छैन ।

१७ चैत,काठमाडौं।भूगोल पार्कको तर्फबाट नेपालले लाओसलाई पराजित गर्दै प्रधानमन्त्री थ्री नेसन्स कपको उपाधि जितेकोमा हार्दिक बधाई !

शुक्रबार दशरथ रंगशालामा भएको फाइनल भिडन्तमा लाओसलाई २-१ गोलले पराजित गर्दै नेपालले उपाधि जितेको हो। नेपालका लागि आयुष घलान र मनिष डाँगीले गोल गरे।

खेलमा लाओसले पहिले अग्रता लिएको थियो। खेलको १७ मिनेटमा लाओसले गोल गरेको थियो। फौथाभोङ साङभिलेको गोलबाट लाओसले अग्रता लिएको थियो।

सात मिनेटपछि नेपालले बराबरी गोल फर्कायो। २४ मिनेटमा आयुषले गोल गरे। उनलाई एरिक विष्टले डिबक्समा पास मिलाएका थिए। खेल सकिन तीन मिनेट बाँकी छदा नेपालले अग्रता लियो। नेपालका लागि मनिषले डिबक्सबाट उत्कृष्ट फिनिसिङ गरे।

नेपाल र लाओससहित भुटान सहभागी प्रतियोगिताको लिग चरणमा नेपाल शीर्ष स्थानमा र लाओस दोस्रो हुँदै फाइनल पुगेका थिए।

लिग चरणमा नेपालले पहिलो खेलमा लाओसलाई २-० गोलले हराएको थियो। नेपालले दोस्रो खेलमा भुटानसँग १-१ गोलको बराबरी खेलेको थियो। त्यसअघि भुटानलाई लाओसले २-१ गोलले हराएको थियो।

भुटानसहित तीन देश सम्मिलित प्रतियोगितामा नेपाल पहिलो र लाओस दोस्रो हुँदै फाइनल पुगेका थिए ।

नेपालले उपाधिसहित ५ हजार अमेरिकी डलर पुरस्कार पाएको छ भने उपविजेताले ३ हजार अमेरिकी डलर पुरस्कार पाएको छ ।

आयुष घलानले प्लेयर अफ त टुर्नामेन्ट हुँदै ५०० डलर पुरस्कार पाएका छन् । फाइनलमा एक गोल गरेका आयुश भुटानविरुद्दको खेलमा प्लेयर अफ दि म्याच बनेका थिए।नेपाललाई उपाधि दिलाउन निर्णायक गोल गरेका मनिष प्लेयर अफ द फाइनल भए र उनले २५० अमेरिकी डलर पुरस्कार पाए ।


202 Views

Comments