कर्णाली मुख्यमन्त्रीलाई एमालेले पनि दियो विश्वासको मत

Bhugolpark

१२ बैशाख, २०८१,१९:५०

पक्षमा ३८ मत एवं विपक्षमा राप्रपाका १ सांसद

प्रदेशसभाका ४० सांसदमध्ये ३९ सांसद प्रदेशसभा मतदान गरेका थिए ।

१७ चैत,सुर्खेत । भूगोल पार्कको तर्फबाट नेकपा एमालेले कर्णाली प्रदेशमा माओवादी केन्द्रका मुख्यमन्त्री राजकुमार शर्माले पुनः विश्वासको मत पाएकोमा उहाँलाई हार्दिक वधाई एवं सफल कार्यकालको शुभकामना !

केन्द्रमा र अन्य प्रदेशमा कांग्रेस र माओवादीको तालमेल भएतापनि कर्णालीमा भने, एमालेले विश्वासको मत दिएको हो ।केन्द्रमा एमाले प्रतिपक्षमा भएपनि हाल माओवादी केन्द्र र एमालेको गठबन्दन सरकार रहेको छ ।

गएको माघ ६ गते माओवादी केन्द्रबाट शर्माले विश्वासको मतले लिएका थिए । तत्कालिन अवस्थामा नेपाली कांग्रेस विपक्षमा रहेको थियो । माओवादीलाई एमालले मतदान गरी पक्षमा उभिएको थियो । नेकपा माओवादी केन्द्रले मुख्यमन्त्री सहित तीन मन्त्रालय र एमालले तीन मन्त्रालय लिएर प्रदेश सरकार भागबन्डा गरेका थिए । हाल उक्त मन्त्रालय र मन्त्री कायम अवस्थामा छन् ।

मुख्यमन्त्री राजकुमार शर्माले शुक्रबार विश्वासको मत पाउँ भनि प्रदेशसभामा पेश गरेको प्रस्तावमा शर्माले विश्वासको मत पाएका हुन् । प्रदेशसभाका ४० सांसदमध्ये ३९ सांसद प्रदेशसभा मतदान गरेका थिए ।

शर्माले विश्वासको मतको पक्षमा ३८ मत पाएका छन् । उनको विपक्षमा राप्रपाका १ सांसद उभिएका थिए । शर्मालाई विश्वासको मत दिनेमा नेपाली कांग्रेसका १४, माओवादी केन्द्रका १३, एमालेका ९, एकीकृत समाजवादी र स्वतन्त्र एक जना सांसदले समर्थन गरेका छन् । एक पटक मौन रहेका नेपाली कांग्रेसका सांसदहरु अन्तिम अवस्थामा पक्षमा मतदान गरेका थिए ।


100 Views

Comments