१२ जना नवनियुक्त मन्त्रीहरूले लिए शपथ

Bhugolpark

१० चैत्र, २०८०,१७:०४

कांग्रेस-४, माओवादी-२, नेकपा(एस)-२, जसपा नेपाल-१, लोसपा-१, नागरिक उन्मुक्ति-१ र नेपाल समाजवादी पार्टी-१

शुक्रबार १२ जना नवनियुक्त मन्त्रीहरूले राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको सपथ लिएका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहालले तीन महिनामै सातौं पटक मन्त्रिपरिषद्‌ पुनर्गठन गरेका छन् ।

१७ चैत,काठमाडौं।भूगोल पार्कको तर्फबाट आज नवनियुक्त मन्त्रीहरूलाई हार्दिक बधाई एवं सफल कार्यकालको हार्दिक शुभकामना !

राष्ट्रपति रामचन्द्र पौडेलले शितल निवासमा आयोजित कार्यक्रममा नवनियुक्त मन्त्रीहरूलाई शपथ खुवाएका हुन्।

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षा मन्त्री र नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधान तथा गृहमन्त्री बनेका छन्।

एकीकृत समाजवादीका उपाध्यक्ष बेदुराम भूसाल कृषि तथा पशुपंक्षी विकास मन्त्री बनेका छन्।जसपा नेता अशोककुमार राई शिक्षा मन्त्री बनेका छन्। लोसपा नेता शरदसिंह भण्डारी श्रममन्त्री, कांग्रेस नेता प्रकाशशरण महत अर्थमन्त्री, नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादव महिला बालबालिका मन्त्री, माओवादी नेता शक्तिबहादुर बस्नेत ऊर्जामन्त्री भएका छन्।

यस्तै माओवादीकी रेखा शर्मा सञ्चार मन्त्री, माओवादीकै सुदन किराती संस्कृति मन्त्री, माओवादीकै अमनलाल मोदी संघीय मामिला मन्त्री, एकीकृत समाजवादीका प्रकाश ज्वाला भौतिक मन्त्री, नागरिक उन्मुक्तिकी रञ्जिता श्रेष्ठ भूमि व्यवस्था मन्त्री, कांग्रेसका रमेश रिजाल उद्योग मन्त्री, कांग्रेसकी सीता गुरूङ सहरी विकास मन्त्री, संस्कृति राज्यमन्त्री माओवादीकी सुशीला सिर्पाली ठकुरी बनेकी छन्।

माओवादीका मन्त्रीहरू भने गत पुस १० मै नियुक्त भएका थिए। तीमध्ये शक्ति बस्नेत आज मन्त्री थपिएका हुन्। भौतिक मन्त्री रहेका नारायणकाजी गृहमा सरेका छन्।

नेपाली कांग्रेसले ८ मन्त्रालय पाएकोमा ४ मन्त्री अझै पठाएको छैन।

प्रधानमन्त्री पुष्पकमल दाहालले कानून, परराष्ट्र, युवा तथा खेलकुद, वन र स्वास्थ्य मन्त्रालय आफैँसँग राखेका छन्। यसैबीच आज जनमत पार्टीका अब्दुल खानले पनि खानेपानी मन्त्रीबाट राजीनामा दिएका छन्। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसको सिफारिसमा चार, नेकपा एकीकृत समाजवादीका २ जना तथा आफ्नो दल माओवादी र जनता समाजवादी पार्टी जसपाबाट १-१ जनालाई मन्त्री नियुक्त गरेका छन् ।

कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षामन्त्री भएका छन् भने डा. प्रकाशशरण महत अर्थ, रमेश रिजाल उद्योग वाणिज्य तथा आपूर्ति र सीता गुरुङ शहरी विकासमन्त्री भएकी छन् ।


66 Views

Comments