खानेपानीमन्त्री खानले दिए राजीनामा

Bhugolpark

७ बैशाख, २०८१,१५:१०

‘सरकारबाट बाहिरिन मन्त्रीबाट राजीनामा दिएका हौँ।': जनमत पार्टीका उपाध्यक्ष खान

चैत्र १७, काठमाडौँ ।खानेपानी तथा सरसफाइमन्त्री अब्दुल खानले राजीनामा दिएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार जनमत पार्टीका उपाध्यक्षसमेत रहेका खानले प्रधानमन्त्री दाहाललाई सिंहदरबारमा राजीनामा बुझाएका हुन् । 

मन्त्रालय भागबन्डामा असन्तुष्टि जनाउँदै उनले राजीनामा दिएका हुन् । यसअघि प्रधानमन्त्री दाहालले जनमत पार्टीलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय दिने बताएका थिए ।  

 पहिलो पटक मन्त्रिपरिषद् पुनर्गठन गर्दा पनि जनमतलाई उद्योग मन्त्री दिइने भनिएको थियो । सुरुमा बिनाविभागीय जिम्मेवारीमा रहेका खानलाई पछि खानेपानीको जिम्मा दिइएको हो । मन्त्रालयको भागबन्डामा असन्तुष्टि जनाउँदै खान केही दिनसम्म मन्त्रालयको कार्यभार सम्हाल्न गएका थिएनन् । पछि प्रधानमन्त्री दाहालसँगको छलफलपछि मात्र उनी मन्त्रालय गएका थिए । पछिल्लो पटक पनि दलहरूको छलफलमा उनलाई उद्योग मन्त्रालयको जिम्मेवारी दिइने भनिए पनि खानेपानीमै राखिएपछि असन्तुष्ट बनेका हुन् ।

खानले आफूहरूसँग गद्दारी गरिएको प्रतिक्रियासमेत दिएका छन् । राजीनामापछि उनले प्रतिक्रिया दिँदै भनेका छन्, 'अघिल्लो पटक पनि उद्योग मन्त्रालय दिने भनियो र अन्तिममा दिनुभएन । अहिले पनि सुरुमा उद्योग दिने भन्यो तर दिएनन् । गद्दारी गरियो । सरकारबाट बाहिरिन मन्त्रीबाट राजीनामा दिएका हौँ।'


62 Views

Comments