बारा २ मा रास्वपाको उम्मेदवार रमेश खरेल

Bhugolpark

१७ चैत्र, २०७९,१२:१७

१६ चैत, काठमाडौं ।भूगोल पार्कको दृष्टिकोणमा यदि रास्वपाले बारा-२ मा रमेश खरेल र तनहुँ-१ मा डा. स्वर्णिम वाग्लेलाई उम्मेदवार बनाएको खण्डमा यसपटकको उपचुनावमा कसले बाँजी मार्ला भन्न कठिन देखिन्छ।

प्रहरी अधिकृत रमेश खरेल र अर्थविद डा. स्वर्णिम वाग्ले दुवै जना स्वच्छ छवि भएका व्यक्ति भएकोले आम नेपालीको मन मुट्टुमा बस्न सफल भएका छन्।त्यसैले १० वैशाखको उपचुनावमा रास्वपाले उनीहरूलाई चुनावको टिकट दिएको खण्डमा चुनाव जित्न सक्ने सम्भावना देखिन्छ।

१० वैशाखमा उपचुनाव हुने तीन क्षेत्रको उम्मेदवारका लागि पार्टीमा हुने प्राइमरीका लागि रास्वपाले ६ जनाको नाम सार्वजनिक गरेको हो । जसअनुसार चितवन २ मा पार्टी सभापति रवि लामिछाने मात्र उम्मेदवार छन् ।

तनहुँ १ मा डा. स्वर्णिमसँगै ईश्वर लामिछाने र डा. रुपक विक घिमिरे उम्मेदवार छन् । वाग्लेले बिहीबार मात्र नेपाली कांग्रेस परित्याग गरेका थिए ।

यस्तै बारा २ मा रमेश खरेल र युवराज न्यौपाने छन् । पूर्व डीआईजी रमेश खरेल सुशासन पार्टीका अध्यक्ष हुन् र ४ मंसिरको चुनावमा काठमाडौं १ उम्मेदवार थिए । पूर्व डीआईजी खरेल सुशासन पार्टी र राष्टिय स्वतन्त्र पार्टीबीच पार्टी एकता हुँने चर्चापरिचर्चा विभिन्न सञ्चारमाध्यममा समेत आइरहेको छ।



270 Views

Comments