उपनिर्वाचनका लागि अन्तिम मतदाता नामावली स्वीकृत

Bhugolpark

२० बैशाख, २०८१,१०:४७

१७ चैत,काठमाडौं। निर्वाचन आयोगले आगामी बैशाख १० गते हुने उपनिर्वाचनका लागि अन्तिम मतदाता नामावली स्वीकृत गरेको छ। आयोगले नामावली स्वीकृत गरी बिहीबार प्रकाशन गरेको हो।

स्वीकृत मतदाता नामावली अनुसार वैशाख ९ गतेसम्म १८ वर्ष उमेर पुग्ने १ करोड ८० लाख एक हजार ५६६ जना मतदाता छन्। जसमा महिला मतदाता ८८ लाख ५२ हजार ४६ र पुरुष मतदाता ९१ लाख ४९ हजार ३३५ रहेका छन्। 

गत मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन १ करोड ७९ लाख ८८ हजार ५७० जना मतदाता थिए। हाल १२ हजार ९९६ मतदाता वृद्धि भएको छ। 

चितवन निर्वाचन क्षेत्र नं २ मा १ लाख २४ हजार ६९५, बारा जिल्ला निर्वाचन क्षेत्र नं २ मा १ हजार ५ हजार २४८ र तनहुँ जिल्ला निर्वाचन क्षेत्र नं १ मा १ लाख २३ हजार ३०५ मतदाता कायम भएका छन्।

उपनिर्वाचन हुने तीन जिल्लाका लागि १९४ मतदान स्थल र ४२७ मतदान केन्द्र कायम भएको छ। सो अनुसार चितवन जिल्ला निर्वाचन क्षेत्र नं २ मा ४३ वटा मतदानस्थलमा १३८ मतदान केन्द्र, बारा जिल्ला निर्वाचन क्षेत्र नं २ मा ८२ मतदानस्थलमा १३७ मतदान केन्द्र र तनहुँ जिल्ला निर्वाचन क्षेत्र नं १ मा ६९ मतदानस्थलमा १५२ मतदान केन्द्र रहने आयोगले जनाएको छ। 

उक्त क्षेत्रहरूमध्ये चितवन क्षेत्र नं २ र तनहुँ क्षेत्र नं १ मा गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा रहेका मतदान केन्द्र र मतदान स्थल यथावत रहेका छन् भने बारा क्षेत्र नं २ मा १ मतदान केन्द्र थप भएको छ ।



107 Views

Comments