माओवादीमा पहिरो, जनमत पार्टीमा प्रवेश गरे शिवचन्द्र कुसवाह

Bhugolpark

१२ बैशाख, २०८१,१२:३३

१५ चैत, काठमाडौं ।भूगोल पार्कको दृष्टिकोणमा माओवादी पार्टी अध्यक्ष एवं प्रधानमन्त्रीको अदूरदर्शी निर्णयको कारण तराईमा एक पछि अर्को जनाधार कम्जोर हुँदे गैरहेको छ।जसको पछिल्लो ज्वलन्त उद्दारण हो, नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता शिवचन्द्र प्रसाद कुसवाह जनमत पार्टीमा प्रवेश ।

आज रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै कुसवाह जनमत पार्टीमा प्रवेश गरेका हुन् । पार्टीभित्र जालझेल गरेर आफूलाई माइनस गरिएकाले जनमत पार्टी रोजेको उनले लगाए ।

गत प्रतिनिधि सभा सदस्य निर्वाचनमा उनी बारा क्षेत्र नम्बर २ मा माओवादी केन्द्रका उम्मेदवार थिए । तर उनी तत्कालीन जसपाका उम्मेदवार रामसहाय प्रसाद यादवसँग ३५४ मत अन्तरले पराजित भएका थिए । यादव उपराष्ट्रपति निर्वाचित भएपछि त्यहाँ आगामी वैशाख १० गते उपनिर्वाचन हुँदैछ ।

कुसवाहले अब बारा क्षेत्र नम्बर २ मा उपनिर्वाचन लड्ने तयारीमा छन् । आफू स्वतन्त्र भएर चुनाव लड्न खोजेको तर जनताले पार्टीबाट चुनाव लड्न आग्रह गरेकाले जनमत पार्टी प्रवेश गरेर चुनाव लड्ने तयारी गरेको बताए ।

सो क्षेत्रमा सत्ता गठबन्धनबाट जसपाका अध्यक्ष उपेन्द्र यादव उपनिर्वाचन लड्ने तयारीमा छन् । पत्रकार सम्मेलनमा कुसवाहले उपेन्द्र यादव चुनाव लडे उनलाई हराउने बताए ।

कार्यक्रममा जनमत पार्टीका अध्यक्ष सिके राउतले जनमत पार्टी जनताको मात्र नभई नेताको समेत उद्धारकर्ता भएको बताए ।



167 Views

Comments