महालक्ष्मी विकास बैंकद्वारा छाउपडी प्रथा उन्मूलन योजनामा सहयोग

Bhugolpark

१४ चैत्र, २०७९,१०:०५

आजै महालक्ष्मी विकास बैंक लि. को ग्राहक बन्नुहोस्, विभिन्न बैंकले गर्ने पुण्णेकाममा आफू पनि भागिदार बन्नुहोस् !

१४ चैत,काठमाडौं।भूगोल पार्कले लामो समयदेखि महालक्ष्मी विकास बैंक लिमिटेडको बारेमा पाठक वर्गलाई समाचार प्रवाह गरिरहेको सर्वविधितै छ । महालक्ष्मी विकास बैंक लिमिटेडले नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको मान्यता प्राप्त इजाजत प्राप्त राष्ट्रिय स्तरको संस्था हो । महालक्ष्मी विकास बैंक लिमिटेडले विगत २८ वर्ष देखि नवरत रुपले गुणस्तरिय वित्तीय सेवा नेपाली जनताको घरदैलोमा गएर प्रदान गर्दै आएकोले नै नेपालीहरूको मनमा बस्न सफल भएको छ ।

महालक्ष्मी विकास बैंकले महालक्ष्मी विकास बैंकद्वारा छाउपडी प्रथा उन्मूलन योजनामा सहयोग गरेको छ।महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत सुदुरपश्चिमका अछाम, बाजुरा, बझाङ, डोटी, दार्चुला, बैतडी, डडेलधुरा जिल्लाका ग्रामीण क्षेत्रहरूमा प्रचलित छाउपडी प्रथा उन्मूलनका लागि सहयोग गरेको छ । एक्सन वर्कस् नेपालद्वारा सञ्चालित प्रोजेक्टका लागि आर्थिक सहयोग गरेको हो ।

उक्त योजना अन्तर्गत गाँउपालिकाका विभिन्न वडामा सामाजिक सचेतनाका कक्षाहरू, सडक नाटक, डेउडा नाच तथा स्थानीय स्रोतसाधाको प्रयोग गरी पुःन प्रयोग गर्न सकिने सेनीटरी प्याड बनाउने तालिम प्रदान गरिने छ । यसप्रकार छाउपडी प्रथाका विरुद्घ कार्यक्रमहरु गरी समुदाय स्तरमा जनचेतना जगाउने प्रयासमा सहभागिता स्वरुप बैंकले आर्थिक सहयोग प्रदान गरेको हो ।

आगामी दिनहरूमा पनि सामाजिक, आर्थिक रुपान्तरणका लागि विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू निरन्तर रुपमा सञ्चालन गर्ने बैंकले जनाएको छ ।



309 Views

Comments