महालक्ष्मी विकास बैंकले ऋणपत्र निष्काशन गर्न बोर्डबाट पायो अनुमति

Bhugolpark

११ बैशाख, २०८१,०९:५३

आजै महालक्ष्मी विकास बैंक लि. को ग्राहक बन्नुहोस्, विभिन्न सेवासुविधा लिनुहोस् !

१४ चैत,काठमाडौं।भूगोल पार्कले लामो समयदेखि महालक्ष्मी विकास बैंक लिमिटेडको बारेमा पाठक वर्गलाई समाचार प्रवाह गरिरहेको सर्वविधितै छ । महालक्ष्मी विकास बैंक लिमिटेडले नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको मान्यता प्राप्त इजाजत प्राप्त राष्ट्रिय स्तरको संस्था हो । महालक्ष्मी विकास बैंक लिमिटेडले विगत २८ वर्ष देखि नवरत रुपले गुणस्तरिय वित्तीय सेवा नेपाली जनताको घरदैलोमा गएर प्रदान गर्दै आएकोले नै नेपालीहरूको मनमा बस्न सफल भएको छ ।

आज हामी महालक्ष्मी विकास बैंकले ऋणपत्र निष्काशन गर्न बोर्डबाट पायो अनुमति विषयको जानकारी दिन लागिरहेका छौं। महालक्ष्मी विकास बैंक लिमिटेडले ऋणपत्र निष्काशन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बैंकले १ अर्ब बराबरको १० लाख कित्ता ऋणपत्र निष्काशन गर्न चैत ५ गते सेबोनबाट अनुमति पाएको हो । विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीले कुल कित्तामध्ये ४ लाख कित्ता सर्वसाधारणको लागि निष्काशन गर्नेछ भने ६ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट विक्री गर्नेछ । कम्पनीले आगामी १० वर्षसम्मका लागि वार्षिक ११ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्काशन गर्नेछ ।



128 Views

Comments