कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

Bhugolpark

२० बैशाख, २०८१,११:०७

१३ चैत,काठमाडौं।भूगोल पार्कको दृष्टिकोणमा भोलि बोलाएको नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा संस्थापन पक्ष र संस्थापन ईत्तरपक्षबीच कस्को नेतृत्वमा को-कोलाई मन्त्रीबनाउँने र वैशाख १० मा हुने उपनिर्वाचनका लागि क-कसलाई उम्मेदवार चयन गर्ने विषयमा गम्भीर बहसहुने देखिन्छ। मंगलबार विहान ९ बजेका लागि बैठक बोलाइएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।

महामन्त्री गगन थापाका अनुसार बैठकमा मन्त्री छनोट र उपनिर्वाचनबारे छलफल हुने छ । बैठकले तनहुँ १ र चितवन २ मा वैशाख १० मा हुने उपनिर्वाचनका लागि उम्मेदवार चयन गर्ने उनले बताए । बारा २ मा पनि उम्मेदवार दिने कि नदिने भन्नेबारे पनि बैठकमा छलफल हुने छ । नेपाली कांग्रेसको पदाधिकारी बैठकमा शनिबार साँझ तनहुँ–१ मा भट्टराईलाई उम्मेदवार बनाउन सहमति जुटेको पार्टी सभापति शेरबहादुर देउवा निकट एक नेताले जानकारी दिएका छन् ।

जसपाका अध्यक्ष उपेन्द्र यादवले सत्ता गठबन्धनबाट बरा २ मा उम्मेदवार बन्न खोजिरहेका छन् । यादवलाई सहयोग गर्ने वा आफ्नै उम्मेदवार उठाउने भन्नेमा कांग्रेसभित्र अलमल छ ।



70 Views

Comments