लुम्बिनीमा माओवादी सरकार बाहिरेसँगै मुख्यमन्त्री गिरीको सरकार धरापमा

Bhugolpark

१९ बैशाख, २०८१,१५:१३

कांग्रेसका डिल्लीबहादुर चौधरीलाई नयाँ मुख्यमन्त्री बनाउन हस्ताक्षर

१२ चैत,लुम्बिनी।भूगोल पार्कले केन्द्रमा सत्ता गठबन्धन दलका शिर्ष नेताहरूबीच भएको सहमति पश्चात नेकपा माओवादी केन्द्रबाट लुम्बिनी प्रदेशमा मन्त्री बनेकाहरूले पदबाट राजीनामा दिएका छन् भने कांग्रेसका डिल्लीबहादुर चौधरीलाई नयाँ मुख्यमन्त्री बनाउन ५३जनाले हस्ताक्षर गर्ने कार्य सुरु भएको विषय लिएर आएका छौं।यदि लुम्बिनीका ६ दलले लुम्बिनीका मुख्यमन्त्री नेकपा एमाले नेता लिला गिरीलाई दिएको समर्थन फिर्ता लिएमा उनी अल्पमतमा पर्ने छन् र उनले एक महिनाभित्र विश्वासको मत लिनुपर्नेछ।

केन्द्रको एघार दलीय समीकरणको प्रभाव प्रदेशमा पर्दै जानेभएकोले लुम्बिनीमा मुख्यमन्त्री गिरीको सरकार ढल्ने र कांग्रेसका डिल्लीबहादुर चौधरी नयाँ मुख्यमन्त्री बन्ने सुनिश्चत देखिन्छ।

माओवादीबाट लुम्बिनीमा २ जना मन्त्री थिए। उनीहरूले आज मुख्यमन्त्रीसमक्ष राजीनामा बुझाएका छन्।

साथै माओवादी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, लोसपा, जसपा, एकीकृत समाजवादीले मुख्यमन्त्री लिला गिरीलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेका हुन्।

उनीहरूले समर्थन फिर्ता लिएमा नेकपा एमालेबाट मुख्यमन्त्री गिरी अल्पमतमा पर्नेछन्। उनले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने हुन्छ।

केन्द्रमा गठबन्धन परिवर्तन भएपछि प्रदेशमा पनि सोहीअनुसार सरकार बनाउन माओवादीका मन्त्रीहरूले राजीनामा दिएका हुन्।

अब नेपाली कांग्रेस संसदीय दल नेता डिल्लीबहादुर चौधरी मुख्यमन्त्री बन्ने सम्भावना छ। नयाँ गठबन्धनबाट ५३ जना सांसदको हस्ताक्षर भइरहेको माओवादीका सांसद धनबहादुर मास्कीले बताए।

यो हस्ताक्षर प्रदेश प्रमुख अमिक शेरचन र सभामुख कुलबहादुर घर्तीलाई बुझाउने तयारी छ।

माओबादीका लुम्बिनी प्रदेश अध्यक्ष सुर्दशन बरालले पनि माओवादीका सबै मन्त्रीले पदबाट राजीनामा दिइसकेको र यसअघि एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी भइरहेको बताए।



17 Views

Comments