प्रतिनिधिसभा बैठक बस्दै

Bhugolpark

१२ चैत्र, २०७९,१०:०५

१२ चैत,काठमाडौँ ।भूगोल पार्कले समसामयिक विषयमा देशविदेशको राजनीतिक, सामाजिक, आर्थिक, पर्यटन, खेलकुद, मनोरञ्जन आदि विविध विधामा समाचार प्रवाह गरी पाठकहरूलाई सुसूचित गरिरहेको छ ।आज भने प्रतिनिधिसभा बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे सङ्घीय संसद् भवनमा बस्ने समाचार लिएर आएका छौं।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले 'संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यविधिसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९' माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीले नै 'बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९' माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

बैठकमा नेपाली कांग्रेसबाट संविधानसभा निर्वाचनमा समानुपातिक सदस्य निर्वाचित गणेशप्रसाद विमलीको यही चैत ७ गते भएको निधनप्रति शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको सङ्घीय संसद्का महासचिव डा भरतराज गौतमले जानकारी दिए ।



225 Views

Comments