प्रहरी प्रमुखमा बसन्तबहादुर कुँवर नियुक्त

Bhugolpark

११ बैशाख, २०८१,१७:१८

१० चैत,काठमाडौंभूगोल पार्कको तर्फबाट प्रहरी महानिरीक्षक (आईजीपी) मा बसन्तबहादुर कुँवर नियुक्त भएकोमा उहाँलाई हार्दिक बधाई एवं उहाँको कार्यकालमा प्रहरी वृत्तमा नयाँ उर्जाको सञ्चार हुँन गइ प्रहरी संगठनमा सकल दर्जाहरूको हकहितमा काम गर्न सफलता मिलोस भनी शुभकामना व्यक्त गर्दछौं ।

आज बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) कुँवरलाई प्रहरी प्रमुखमा नियुक्त गरेको हो ।

आईजीपीका लागि कुँवरसहित ५ जना अतिरिक्त महानिरीक्षक (एआईजी) हरु प्रतिष्पर्धामा रहेका थिए । जसमा कुँवरसहित, टेक प्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य रहेका थिए ।

योग्यताको हिसावले कुँवरलाई नयाँ आईजीपी नियुक्त गरिएको हो ।

वर्तमान आईजीपी धिरज प्रताप सिंह भोलिबाट अवकाशमा जाँदैछन् । त्यसअघि नै सरकारले नयाँ प्रहरी प्रमुख नियुक्त गरेको हो ।


212 Views

Comments