बागमतीका मुख्यमन्त्री जम्कट्टेलले पाए विश्वासको मत

Bhugolpark

६ बैशाख, २०८१,१७:०२

११० सदस्यीय प्रदेशसभामा पक्षमा ६७ मत विपक्षमा १७ मत तटस्थ ७मत

बागमती प्रदेश सभामा ११० जना सांसद छन्। आज जम्मा ९१ जना सांसद उपस्थित भएका थिए।

१० चैत, हेटौंडा ।भूगोल पार्कको तर्फबाट बागमती प्रदेशको मुख्यमन्त्री शालिकराम जम्कट्टेलले दोस्रोपटक विश्वासको मत पाएकोमा हार्दिक बधाई एवं कार्यकालको शुभकामना !

भूगोल पार्कले बागमती प्रदेशको मुख्यमन्त्री जम्कट्टेलको पालामाल भ्रष्टचारमा शुन्य सहनशीलता कायम गरी अभूतपूर्व विकास गर्दै जनजीविका पक्षमा उल्लेखनीय काम गरेर देशकै नमूना प्रदेश बनोस भनी कामनासमेत गर्दछौं।

११० सदस्यीय प्रदेशसभाका ६७ सांसदले मुख्यमन्त्री जमकट्टेललाई विश्वासको मत दिएका हुन् । विश्वासको मतको विपक्षमा १७ मत पर्‍यो भने ७ जना सांसद तटस्थ बसे । प्रदेशसभाको विश्वास छ भनेर देखाउन मुख्यमन्त्रीले कम्तीमा ५६ सांसदको समर्थन जुटाउनुपर्ने थियो ।

उनलाई नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीले विश्वासको मत दिएका छन् । मुख्यमन्त्री नियुक्त भएको तीन महिना पनि पूरा हुन नपाउँदै उनले दोस्रोपटक विश्वासको मत पाएका छन् ।

केन्द्रमा सत्ता समीकरण परिवर्तन भएसँगै राप्रपाका ३ जना मन्त्रीहरुले फागुन १३ गते राजीनामा दिंदै सरकारको समर्थन समेत फिर्ता लिएका कारण मुख्यमन्त्री जम्कट्टेलले शुक्रबार पुनः विश्वासको मत लिएका हुन् ।

पुस २५ गते मुख्यमन्त्रीमा नियुक्त भएका जमकट्टेलले माघ ३ गते पहिलोपटक विश्वासको मत लिएका थिए । त्यतिबेला उनले १०५ सांसदको विश्वासको मत प्राप्त गरेका थिए भने प्रदेश सभामा उपस्थित सात मध्ये छ दलको समर्थन थियो । नेमकिपाका ३ सांसदले मात्र उनलाई विश्वासको मत दिएका थिएनन् ।

तर शुक्रबार उनलाई माघ ३ गते विश्वासको मत दिएका दलहरु नेकपा एमाले र राप्रपाले मत दिएनन् । अब प्रदेश सभामा नेकपा एमाले, राप्रपा र नेमकिपा प्रतिपक्षमा रहनेछन् ।

संसदको सबैभन्दा ठुलो दल भएर पनि सरकारबाहिर रहेको नेपाली कांग्रेसको भने सरकारमा जाने भएको छ । प्रदेश सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिं लामाले मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिने र सरकारमा सहभागी हुने बताएका छन् ।

बागमती प्रदेश सभामा नेपाली कांग्रेसका ३७, नेकपा एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १३, नेकपा एकिकृत समाजवादीका ७, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ जना सांसद छन् ।


121 Views

Comments