बारा–२ मा जसपा अध्यक्ष यादवलाई हराउँन जनमत र लोसपाले मोर्चा बनाउने

Bhugolpark

११ बैशाख, २०८१,१३:५७

१० चैत,काठमाडौं।भूगोल पार्कको दृष्टिकोणमा बारा–२ मा वैशाख १० गते हुने उपनिर्वाचनका लागि जनमत र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले मोर्चा बनाउने तयारी गरेसँगै यसअघि ४ मंसिरमा भएको चुनावमा सप्तरी २ बाट जनमत पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग हारेका जसपा अध्यक्ष उपेन्द्र यादव बारा–२ बाट चुनाव लड्ने तयारी गरेपनि जित सुनिश्चित गर्न काँग्रेस-माओवादीलगायत सत्ता गठबन्धन दलहरूको भोट तान्न सक्नुपर्ने देखिन्छ।अन्यथा जसपा अध्यक्ष उपेन्द्र यादवलाई बारा–२ बाट चुनाव जित्न कठिन देखिन्छ।

लोसपा कार्यकारिणी समितिको बिहीबार बसेको बैठकले उपचुनावका लागि दल दर्ता गर्ने र चुनावको तयारी थाल्ने निर्णय गरेको छ ।

मधेसको गढ रहेको बारामा उपचुनावको तयारी लोसपाले गर्नु स्वभाविक रहेको पार्टीका वरिष्ठ नेता शरतसिंह भण्डारीले बताए । लोसपा मधेसकेन्द्रित दल रहेकाले उपचुनावमा उम्मेदवारी दिने तयारी भएको बताउँदै उनले भने, ‘मंसिर महिनामा सम्पन्न भएको निर्वाचनमा लोसपा कांग्रेस, माओवादी र नेकपा एससहितको गठबन्धनमा थियो । त्यही गठबन्धन पुन: सक्रिय बनाउने विषयमा छलफल भइरहेको छ ।’

गत निर्वाचनमा जसपाको एमालेसित गठबन्धन थियो भने जनमत पार्टीले एक्लै चुनाव लडेको थियो । जसपाबाट अध्यक्ष यादवले उपचुनाव लड्ने लगभग निश्चित छ । जसपाका नेता, कार्यकर्ताहरू चुनावमा जुटिसकेका छन् ।

जनमत पार्टीका अध्यक्ष सीके राउतले बुधबार पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै यादवको चर्को आलोचना गरेका थिए । अध्यक्ष राउतले बारा–२ मा बाराकै बासिन्दाले चुनाव लड्नुपर्ने र कुनै बाहिरियालाई चुनाव जित्न नदिन कार्यकर्तालाई आह्वान गरेका थिए । 



89 Views

Comments