३४२ क्याम्पसको मतपरिणाम सार्वजनिक नेविसंघ र अनेरास्ववियुकै वर्चस्व

Bhugolpark

६ बैशाख, २०८१,१५:३६

ल क्याम्पस जित्दा क्रान्तिका उत्साही

नेविसंघले १२६ अनेरास्ववियुले १२३ अखिल क्रान्तिकारी(माओवादी)ले ७५, अनेरास्ववियु(नेकपा एस)ले ११, अखिल क्रान्तिकारी(विप्लव)ले ५, जसपाको विद्यार्थी संगठन २ स्थानमा स्ववियु सभापतिमा निर्वाचित

९ चैत,काठमाडौं।भूगोल पार्कले ३४२ क्याम्पसको मतपरिणाम सार्वजनिक भएकोमा नेविसंघ १२६  र अनेरास्ववियु १२३ क्याम्पसको स्ववियु सभापतिमा विजय भएको छ भने ल क्याम्पसको सभापतिमा जित्दा क्रान्तिका उत्साही भएको समाचार लिएर आएको छ।

विद्यार्थीको नेतृत्वदायी संस्था मानिएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन लगभग सकिएको छ । फाट्टफुट्ट केहि क्याम्पसमा निर्वाचन हुन नसके पनि अधिकांश क्याम्पसको मतपरिणाम सार्वजनिक भइसकेको छ ।

मिनी निर्वाचनका रुपमा स्ववियु चुनावलाई राजनीतिक दलले हेरे पनि यो पटक विद्यार्थीहरूमा खासै उत्साह देखिएन । राजनीतिक दलहरूले यो निर्वाचनका लागि केन्द्रीय नेतालाई क्याम्पसमा कमाण्डर नै तोकेका थिए। तर,अधिकांश विद्यार्थीको भने निर्वाचनमा उत्साहपूर्ण सहभागीता देखिएन । कतिपय क्याम्पसमा त कूल मतको ५० प्रतिशत मत पनि खसेन ।

नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले ७५,नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियुले ११,नेत्र विक्रम चन्द विप्लव नेतृत्वको अखिल क्रान्तिकारीले ५ क्याम्पसमा स्ववियु सभापति जितेको सम्बन्धित संगठनको दावी छ । नेविसंघले १२६ वटा क्याम्पसमा स्ववियु सभापति जितेको जनाएको छ । यस्तै,नेकपा एमाले निकट अनेरास्ववियुले १२३ क्याम्पसमा स्ववियु सभापति जितेको दावी गरेको छ।

त्रिभुवन विश्वविद्यालयका ६२ आंगिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पस छन् । ती मध्ये अधिकांश क्याम्पसमा स्ववियु निर्वाचन भएको छ ।

विद्यार्थी संगठनहरूले दावी गरेअनुसार ३४२ क्याम्पसको मतपरिणाम आएको देखिन्छ। जसमा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ पहिलो स्थानमा छ । नेविसंघले १२६ वटा क्याम्पसमा स्ववियु सभापति जितेको जनाएको छ । यस्तै नेकपा एमाले निकट अनेरास्ववियुले १२३ क्याम्पसमा स्ववियु सभापति जितेको दावी गरेको छ।

नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले ७५,नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियुले ११,नेत्र विक्रम चन्द विप्लव नेतृत्वको अखिल क्रान्तिकारीले ५ क्याम्पसमा स्ववियु सभापति जितेको सम्बन्धित संगठनको दावी छ । जनमत पार्टी निकट विद्यार्थी संगठनले पनि दुई स्थानमा स्ववियु सभापति जितेको बताएको छ। यद्यपि अन्तिम नतिजा भने सार्वजनिक भइसकेको छैन।

अनेरास्ववियुले महाराजगञ्ज नर्सिङ कलेज, चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगञ्ज, जनप्रशासन क्याम्पस, महेन्द्ररत्न क्याम्पस ताहाचल, पुल्चोक इन्जिनियरिङ, ललितकला क्याम्पस, पिपल्स क्याम्पस, जिरी क्याम्पस,नेपालगंजस्थित महेन्द्रबहुमुखी क्याम्पसलगायतमा जितेको छ।

नेविसंघका अध्यक्ष दुजागं शेर्पाले विद्यार्थीका अधिकार स्थापित गर्न चुनाव उपलब्धीमुलक हुने बताए । शेर्पाले सञ्चारकरर्मीसँग भने, ‘चुनाव नहुँदा विद्यार्थी संगठन चलायमान तवरबाट काम गर्न सकेका थिएनन् । विद्यार्थीका अधिकार पनि खोसिएको थियो । अब चुनावले पक्कै पनि विद्यार्थीका मुद्धा स्थापित गर्नेछ।'

नेविसंघले त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पससहित पद्यम कन्या क्याम्पस, शंकरदेव क्याम्पस, जनकपुर इन्जीनियरिङ कलेज, महेन्द्र मोरङ क्याम्पस, भक्तपुर बहुमुखी क्याम्पस, दाङमा रहेको महेन्द्र बहुमुखी क्याम्पसलगायतका क्याम्पसमा स्ववियु सभापति जीतेको हो । यस्तै कैलाशकुट बहुमुखी क्याम्पस, महालक्ष्मी क्याम्पस, रेसुगां क्याम्पसमा पनि नेविसंघ विजयी भएको छ ।

अनेरास्ववियुले महाराजगञ्ज नर्सिङ कलेज, चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगञ्ज, जनप्रशासन क्याम्पस, महेन्द्ररत्न क्याम्पस ताहाचल, पुल्चोक इन्जिनियरिङ, ललितकला क्याम्पस, पिपल्स क्याम्पस, जिरी क्याम्पस,नेपालगंजस्थित महेन्द्रबहुमुखी क्याम्पसलगायतमा जितेको छ ।

अनेरास्ववियुका नेता मदन विष्टले आफ्नो संगठन पहिलो रहेको दावी गरे । नेता विष्टले अहिलेसम्म १२३ स्थानमा जिते पनि अझैं केहि स्थानको निर्वाचन बाँकी रहेको बताए ।

नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले नेपाल ल क्याम्पस, बौद्व बहुमुखी क्याम्पस, दाङको देउखुरी बहुमुखी क्याम्पसलगायतका क्याम्पसमा जित हात पारेको छ । अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य जंगबहादुर रोकाले विद्यार्थीका मुद्दा स्थापित गर्न र विद्यार्थीका समस्या सम्बोधनमा स्ववियुमा निर्वाचित विद्यार्थीको भूमिका अग्रणी रहने बताए ।

नेकपा एकीकृत समाजवादीनिकट अनेरास्ववियुले सुकुला बहुमुखी क्याम्पस,हेटौडा बहुमुखी क्याम्पसलगायतमा जितेको छ ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारीले पाँचवटा क्याम्पसमा स्ववियु सभापति हात पारेको छ । बझाङ दिप बहुमुखी क्याम्पस, दाङको ज्ञान सिन्धु क्याम्पस,सिद्ध रत्ननाथ क्याम्पस, राप्ति शिक्षा क्याम्पस र हेटौडास्थित हटिया जनप्रीय बहुमुखी क्याम्पसमा स्ववीयु सभापति जीतेको हो । अन्य क्याम्पसमा भने स्ववियु पदाधिकारी र सदस्यमा निर्वाचित भएको अखिल क्रान्तिकारीले बताएको छ ।

वार्षिक कार्यतालिका कार्यान्वयनमा नआउनु,समयमा नतिजा प्रकाशन नहुनु,परीक्षामा ढिलाइ हुनु,समयानुकूल पाठ्यक्रम नहुनु, छात्रावास अव्यवस्थित हुनु, त्रिवि प्रशासनका काम झन्झटिलो हुनु, प्रमाणपत्र लिन सकसपूर्ण हुनु विश्वविद्यालयमा मुख्य समस्याका रूपमा देखिएका छन्।



47 Views

Comments