साफ यू-१७ महिला च्याम्पियनसिपमा नेपालले आज भुटानसँग खेल्दै

Bhugolpark

६ बैशाख, २०८१,१२:५६

८ चैत, काठमाडौं ।भूगोल पार्क परिवारको तर्फबाट बंगलादेशमा भइरहेको साफ यू-१७ महिला च्याम्पियनसिपमा नेपालले भुटानसँग खेल्ने दोस्रो खेलमा सफलता मिलोस् एवं साफ यू-१७ महिला च्याम्पियनसिपसमेत हुन भनी कामना गर्दछौं।

नेपाल र भुटानबीचको खेल ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा नेपाली समय अनुसार बेलुका ७ बजे सुरु हुनेछ ।

पहिलो खेलमा भारतसँग ४-१ ले पराजित भएको नेपालका लागि उपाधिको सम्भावना कायम राख्न आजको खेल जित्नैपर्ने अवस्था छ ।

उता भुटान पनि पहिलो खेलमा घरेलु टोली बंगलादेशसँग ८-१ ले पराजित भएको थियो । पाँच राष्ट्र सम्मिलित प्रतियोगितामा युरोपियन राष्ट्र रुस समेत सहभागी छ ।



82 Views

Comments