उपनिर्वाचनमा सत्ता गठबन्धनबाट साझा उम्मेदवार चएन हुन्छ: निधि

Bhugolpark

६ बैशाख, २०८१,१०:०८

गठबन्धनबाट पाँच वर्षभित्रमा तीन जना प्रधानमन्त्री बन्ने सहमति

८चैत काठमाडौं।भूगोल पार्कले समयसामयिक विषयमा देशविदेशको राजनीतिक सामाजिक आर्थिक खेलकुद मनोरञ्जन आदि विभिन्न विधाहरूमा समाचार लेखिरहेको छ।आज भने नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले वैशाख १० मा हुने उपनिर्वाचनमा पनि सत्ता गठबन्धनभित्र छलफल गरेर साझा उम्मेदवार तय गरिने बताएका विषय लिएर आएका छौं।

नेपाली कांग्रेसका नेता निधिको भनाईलाई शुक्ष्म विश्लेषण गरी हेर्दा वर्तमान गठबन्धनमा शक्ति बाँडभाड यानी केन्द्रदेखि प्रदेशसम्म मन्त्री पदहरूको सम्मानजनक बाँडभाड भएमा वैशाख १० मा हुने उपनिर्वाचनमा पनि सत्ता गठबन्धनभित्र छलफल गरेर साझा उम्मेदवार तय हँने सम्भावना देखिन्छ तर त्यसको लागि प्रधानमन्त्री प्रचण्डलाई एघार दलहरूका पार्टीका मन्त्री पदको भागबन्डामा सहमत गराउँन भने फलामको चिउरा चपाएसमान हुँने देखिन्छ।

निधिले कतै नेपाली कांग्रेसबाट त कतै अन्य पार्टीबाट हुने गरी गठबन्धनबाटै साझा उम्मेदवार तय गरिने बताएका छन्।

वैशाख १० मा चितवन क्षेत्र नम्बर २, बारा क्षेत्र नम्बर २ र तनहुँ क्षेत्र नम्बर १ मा उपनिर्वाचन हुँदैछ। यी ठाउँमा सत्ता गठबन्धनबाटै साझा उम्मेदवार तय गरेर चुनावमा जाने निधिको भनाइ छ।

‘वैशाख १० मा हुने उपनिर्वाचनमा सत्ता गठबन्धनबीच सहमति गरी उम्मेदवार तय गरिन्छ,’ सप्तरीमा मंगलबार भएको कार्यक्रममा निधिले भने, ‘कतै कांग्रेस त कतै गठबन्धनभित्रकै पार्टीबाट उम्मेवारी रहन्छ।’

उनले दुई/तीन दिनभित्र केन्द्रमा अहिलेकै सरकार बिस्तार हुने र त्यसपछि प्रदेशहरूमा पनि गठबन्धनबाटै सरकार बन्ने बताए। ‘प्रदेश सरकारमध्ये केहीमा कांग्रेसले नेतृत्व गर्छ, केहीमा सरकारमा सहभागी दलका अरूले गर्छन्। तर पाँच वर्ष गठबन्धनबाटै सरकार चल्छ,’ उनले भने।

निधिले कांग्रेस र माओवादीसहित अहिलेको सत्ता गठबन्धनलाई कसैले हल्लाउन नसक्ने दाबीसमेत गरेका थिए। ‘सरकार मात्र होइन अहिलेको संसद पनि ५ वर्ष चल्छ,’ उनले भने, ‘कुनै पनि बाहनामा प्रतिनिधि सभा विघटन हुँदैन।’

उनले गठबन्धनबाट पाँच वर्षभित्रमा तीन जना प्रधानमन्त्री बन्ने सहमति बनेको पनि बताएका छन्।

अहिले पुष्पकमल दाहाल प्रचण्डकै नेतृत्वमा सरकार बिस्तार हुने, त्यसपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री बन्ने र चुनाव गराउने बेला कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने सहमति भएको दाबी उनको छ।



70 Views

Comments