रविलाई राहदानी मुद्दामा सफाइ दिइएको भन्दै अख्तियारमा उजुरी

Bhugolpark

७ चैत्र, २०७९,१६:३८

७ चैत,काठमाडौँ ।भूगोल पार्कको दृष्टिकोणमा देशमा केही गरौं भनी आम नेपालीहरूको सपनाको देश अमेरीकाको नागरिक्ता र राहदानी त्याग गरेका रविलाई नेपालको कानुनी छिद्रलाई समात्दै एकोहोरो रविलाई खैरो खन्नु युक्ति सङ्गत देखिदैन् ।

नेपालमा गैर नेपालीहरूले नागरिक्ता लिएका छन्।देशमा भ्रष्ट्रचार र व्यथिती मौलाएर गएको छ।सो विषयमा अधिवक्ता युवराज पौडेल ‘सफल’ जस्ता केही वकिलहरू चुइक्क बोलदैनन् वा नियामक निकायलाई खवरी गरेको समाचार जनतासामु कहिल्यै ल्याउँदैनन् तर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध हात धोएर श्रृङ्खलावद्ध रुपमा लागि परेको देखिन्छ।भूगोल पार्कको दृष्टिकोणमा कसैले पहुँचका आधारमा जति गल्ति गरेपनि उन्मुक्ति पाउँने गरेको देखिन्छ तर रवि जस्तालाई मात्र एकोहोरो प्रहार गर्नु भनेको रीसिवी वा प्रतिशोध साधेको देखिन्छ,न्याय सबैको लागि बराबरी हुनुपर्छ।

रविले देश र जनतालाई हानी हुने गरी राहदानीको दुरुपयोग गरेको नदेखिएकोले अख्तियारले पनि रविलाई उन्मुक्ति दिन्छ भन्ने अपेक्षा गरिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । सभापति लामिछानेलाई शक्तिका आडमा राहदानी मुद्दामा उन्मुक्ति दिइएको भन्दै अधिवक्ता युवराज पौडेल ‘सफल’ले उजुरी दर्ता गराएका हुन् ।

उनले जिल्ला प्रहरी परिसर काठमाडौँ, जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँ, उच्च सरकारी वकिलको कार्यालय पाटन र महान्यायाधिवक्ताको कार्यालयका पदाधिकारी एवम् कर्मचारीविरुद्ध अख्तियारमा उजुरी दिएका छन् ।


151 Views

Comments