प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत

Bhugolpark

६ चैत्र, २०७९,१९:४८

पक्षमा: १७२, सांसद विपक्षमा: ८९, तथस्त: १

६ चैत, काठमाडौं ।भूगोल पार्कको तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा विश्वासको मत पाएकोमा हार्दिक बधाई एवं सफल कार्यकालको मंगलमय शुभकामना !

भूगोल पार्क परिवारको अपेक्षा आज प्रचण्डलाई भारी विश्वासको मत दिने सबै पार्टीहरूबीच दृर्घकालिन सहकार्य र सहमतिमा राष्ट्रिय हितलाई सर्वोपरी ठानी जनअपेक्षाअनुसारको काम र स्थिर सरकार कामना गर्दछौं।

सोमबार प्रधानमन्त्रीले आफूलाई प्रतिनिधिसभाको विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा १७२ सांसदले ८९ सांसदले उक्त प्रस्तावको विपक्षमा मत दिए ।

१ जनाले मत दिएनन् । मतदानमा २६२ सांसदले भाग लिएका थिए ।

 १० पुसमा नेकपा एमालेसहितका दलको समर्थनमा प्रधानमन्त्री भएपछि २६ पुसमा विश्वासको मत लिएका प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेससँग गठबन्धन गरेपछि एमाले र राप्रपाले समर्थन फिर्ता लिएका थिए ।

सरकारलाई समर्थन दिएका दलले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेका कारण प्रधानमन्त्रीले साढे दुई महिनाभित्रै दोस्रो पटक विश्वासको मत लिनुपरेको हो ।

सोमबार प्रतिनिधिसभामा प्रधानमन्त्रीलाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चाका सांसद र स्वतन्त्र सांसदहरु प्रभु साह, अमरेशकुमार सिंहलगायतले विश्वासको मत दिए ।

नेकपा एमाले, राप्रपा र नेपाल मजदुर किसान पार्टीका सांसदले प्रधानमन्त्रीको विश्वासको मतको विपक्षमा मतदान गरे ।


188 Views

Comments