रविविरुद्ध मुद्दा दायर नगर्ने सरकारी वकिलको निर्णय

Bhugolpark

५ चैत्र, २०७९,१४:२७

५ चैत,काठमाडौं ।भूगोल पार्क परिवार रविको राहदानी विषय जिल्ला सरकारी वकिल कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध मुद्दा चलाउनु नपर्ने निर्णय गरेको मुक्त कण्ठले प्रशंसा गर्दछ ।स्वच्छ छविका पूर्व पत्रकार एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रविले देशमा केही गरौं भनी सारा नेपालीहरूको सपनाको देश अमेरीकाको नागरिकता र राहदानी त्यागेर आएका हुन्।उनी आम नेपालीको ढुकढुकी हुन्।उनले सम्मानित सर्वोच्च अदालतको निर्णयलाई उच्च सम्मान गरी नेपाली नागरिकता पुन:प्राप्त गरी हाल उनी सर्वसम्मत रास्वपाको पार्टी अध्यक्ष भएका छन्।

सरकारी वकिल कार्यालयले लामिछानेविरुद्ध राहदानी कसुरमा मुद्दा नचलाउने निर्णय गर्दै उच्च सरकारी वकिल कार्यालय पाटनमा पत्र पठाएको हो।

लामिछानेले आफू अमेरिकी नागरिक रहँदा–रहँदै नेपाली राहदानी लिए पनि त्यसको दुरुपयोग नगरेको जिकिर गरेको प्रतिवेदनमा उल्लेख छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले लामिछानेविरुद्धको राहदानी दुरुपयोगसम्बन्धी अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको थियो ।


316 Views

Comments