रास्वपाद्बार प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय

Bhugolpark

१४ बैशाख, २०८१,१३:२७

५ चैत,काठमाडौं ।भूगोल पार्कको दृष्टिकोणमा सत्ता गठबन्धनका दश दल र रास्वपाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णयलाई आधारमान्दा प्रधानमन्त्रीले भारी विश्वासको मत पाउँने देखिन्छ।

उक्त पार्टीको आइतबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले उक्त निर्णय गरेको हो।

उक्त पार्टीकी सांसद सोबिता गौतमले रास्वपाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेकी बताइन्। ‘जुन न्यूनमत साझा कार्यक्रम छ। त्यसमा हाम्रो वाचापत्रमा भएका धेरै विषयहरू छन्। त्यसलाई नीति तथा कार्यक्रममा राखिन्छ भने समर्थन दिने निर्णयमा पुग्यौं’, उनले भनिन्, ‘यसको अर्थ अहिले सरकारलाई समर्थन जारी छ।’

रास्वपा गत पुसमै सरकारमा सहभागी भएको थियो। तर, सर्वोच्च अदालतको एक फैसलापछि सो पार्टीका सभापतिसमेत रहेका रवि लामिछानेले मन्त्री पद गुमाएका थिए। पछि पार्टीका अन्य मन्त्री पनि बाहिरिएका थिए। रास्वपाले सरकारबाट बाहिरिए पनि समर्थन भने कायमै राखेको थियो।

प्रधानमन्त्री प्रचण्डले भने दोस्रो पटक सोमबार विश्वासको मत लिँदै छन्। यसअघि पुस २६ गते विश्वासको मत लिँदा संसद्को करिब सबै मत पाएका प्रचण्डले एमाले र राप्रपाले सरकारसँगै विश्वासको मत पनि फिर्ता लिएपछि उनले पुनः विश्वासको मत लिन लागेका हुन्।



125 Views

Comments