सत्यनिरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक पेस गरिने आज संसदको बैठकमा पेस गरिदै

Bhugolpark

५ चैत्र, २०७९,१२:०८

५ चैत,काठमाडौं।भूगोल पार्कको दृष्टिकोणमा माओवादी र मधेशवादी पार्टीहरूले गरेको आन्दोलनका क्रममा देशका होनाहार सपुथहरूले ज्यान गुमाएका थिए।कतिले माओवादीहरूबाट अनाहकमा ज्यान गुमाएका थिए भने कतिले राज्यपक्षबाट अनाहकमा ज्यान गुमाएका थिए ।मधेश आन्दोलनमा पनि निर्दोष जनताहरूले मधेशवादी पार्टीहरू र सरकारी पक्षबाट ज्यान गुमाएका थिए।अब सो विषयमा सत्यनिरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक आज संसदको बैठकमा पेस भएपछि विना आग्रह पूर्वाग्रह संसदको बैठकमा घनिभूत छलफल गरी द्बोन्द्ब पीडितहरूलाई राज्यले अब बिल्ब नगरी न्यायदिनु अपरिहार्य देखिन्छ।भूगोल पार्क परिवार सत्यनिरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक पेस गरिने आज संसदको बैठकमा पेस गर्ने सुखद समाचारको मुक्त कण्ठले प्रशंसा गर्दछ।

सभामुखले नेपालको संविधानको धारा ६२ को उपधारा (६) बमोजिम प्रतिनिधिसभा सदस्यको स्थान एक रिक्त रहेको व्यहोरा प्रतिनिधिसभा नियमावली, २०७५ को नियम २१२ को (१) बमोजिम जानकारी गराउने सम्भावित कार्यसूची छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘संवैधानिक परिषद् (म, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९’ पेस गर्नेछन् ।

उनले नै ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ पनि पेस गर्नेलगायत सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

 संघीय संसद्को बैठक आज बस्दैछ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो १ बजे पहिलो अधिवेशनको १४औं बैठक बस्न लागेको हो ।आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको व्यहोरा जानकारी गराउनेछन् ।

सभामुखले नेपालको संविधानको धारा ६२ को उपधारा (६) बमोजिम प्रतिनिधिसभा सदस्यको स्थान एक रिक्त रहेको व्यहोरा प्रतिनिधिसभा नियमावली, २०७५ को नियम २१२ को (१) बमोजिम जानकारी गराउने सम्भावित कार्यसूची छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९’ पेस गर्नेछन् ।

उनले नै ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ पनि पेस गर्नेलगायत सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।



163 Views

Comments