प्रधानमन्त्रीलाई विश्वासको मत दिनेनदिनेबारे छलफल गर्न रास्वपाको बैठक बस्दै

Bhugolpark

५ चैत्र, २०७९,११:२६

५ चैत, काठमाडौं ।भूगोल पार्कको दृष्टिकोणमा हिजो बसेका सता गठबन्धन दल कांग्रेस, माओवादी, जसपा, नेकपा (एस), लोसपा, जनमत, नाउपालगायत दश दलहरू र केही स्वतन्त्र सांसदहरूले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरी सकेको ले प्रचण्डले विश्वसको मत पाउँने सुनसश्चित भएको छ।

सोही विषयमा छलफल गर्न आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ ।

रास्वपाका प्रवक्ता मुकुल ढकालका अनुसार केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आजै (आइतबार) बिहान ११ बजे बसुन्धारामा बस्दैछ ।

‘बैठकमा समसामयिक राजनीतिक परिस्थितिका बारेमा पनि छलफल हुने’ ढकालले भनेका छन् ।

प्रधानमन्त्री प्रचण्डले भोलि सोमबार संसदमा विश्वासको मत लिने तयारी गरेका छन् ।


227 Views

Comments