सडक खाली नगरी कुमारीको दर्शन गर्न वसन्तपुर पुगे राष्ट्रपति पौडेल

Bhugolpark

७ बैशाख, २०८१,१९:३०

राष्ट्रपति पौडेल कुमारीको दर्शन गर्न जाँदा सडक खाली नगरी गएका थिए। 

४चैत,काठमाडौं।भूगोल पार्क परिवार आज राष्ट्रपति पौडेल कुमारीको दर्शन गर्न जाँदा सडक खाली नगरी गएको खवरको मुक्तकण्ठले प्रशंसा गर्दै निवर्तमान राष्ट्रपतिहरूको सवारीहुँदा घण्टै सवारी जाममा बस्नु पर्ने बाध्यताबाट आम नेपालीहरूले छुटकारा पाउँने अपेक्षा गर्दछ।

राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौंको वसन्तपुरस्थित कुमारी घर पुगेर जीवित देवी कुमारीको दर्शन गरेका छन्। शनिबार वसन्तपुरस्थित कुमारी घर पुगेका राष्ट्रपति पौडेलले कुमारीको दर्शन गरी प्रसाद ग्रहण गरेका थिए। 

राष्ट्रपतिलाई कुमारी घरका अध्यक्ष गौतमरत्न शाक्य, प्रतिनिधिसभा सदस्य सपना राजभण्डारी, प्रदेशसभा सदस्य शैलेन्द्रमान बज्राचार्यलगायतले कुमारी घरमा स्वागत गरेका थिए।

राष्ट्रप्रमुख भएपछि जीवित देवी कुमारीको दर्शन गर्न जाने परम्पराअनुसार राष्ट्रपति पौडेल दर्शन गरेका हुन्। राष्ट्रपति पौडेल कुमारीको दर्शन गर्न जाँदा सडक खाली नगरी गएका थिए। 

यसअघि शनिबार नै कुमारी घरको प्रतिनिधिमण्डलले राष्ट्रपति निवास शीतलनिवास पुगेर राष्ट्रपति पौडेललाई बधाइ दिएको थियो। कुमारी घरमा हरेक महिनाको दशमीको दिन जीवित देवी कुमारीको पूजा हुने र एकादशीका दिन राष्ट्रप्रमुखसमक्ष सो पूजाको प्रसाद पुर्‍याउने परम्परा छ। 



68 Views

Comments