किरियापुत्री सांसदले गरे उपराष्ट्रपति निर्वाचनमा मतदान

Bhugolpark

३ चैत्र, २०७९,१३:४८

उपराष्ट्रपति पदका लागि शुक्रबार भएको निर्वाचनमा किरियापुत्री सांसदले मतदान गरेका छन्।

३चैत,काठमाडौं।गण्डकी प्रदेशको कास्की निर्वाचन क्षेत्र नं ३ (२) का प्रदेशसभा सदस्य प्रकाश बरालले नयाँ बानेश्वरस्थित संसद भवनबाट मतदान गरेका हुन्।

पिता लोकराजको निधनमा आशोच बारिरहेका बरालले आज बिहान पोखराबाट हवाई जहाजमार्फत यहाँ आएर मतदान गरेका हुन्। उनी आजै दिउँसो पोखरा फर्कँनेछन्। 

संविधानले दिएको जिम्मेवारी र आफ्नो कर्तव्य पूरा गर्ने सन्दर्भमा उपराष्ट्रपति निर्वाचनमा मतदानका लागि यहाँ आएर मतदान गरेको उनले बताए।

उपराष्ट्रपतिको निर्वाचनका लागि आज बिहान १० बजेदेखि संघीय संसद् भवन नयाँ बानेश्वरमा मतदान सुरु भएको हो। निर्वाचनमा नेकपा (एमाले) का अष्टलक्ष्मी शाक्य (बोहरा), जनमत पार्टीका ममता झा र जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव उम्मेदवारछन्।

अपराह्न ३ बजेसम्म मतदानको समय तोकिएको छ। संघीय संसद्का सदस्य र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्र तय गरिएको छ।

निर्वाचनमा संघीय संसद्का तीन सय ३२ र प्रदेशसभाका पाँच सय ५० सांसद मतदाता छन्। मतदान सम्पन्न भएलगत्तै मतगणना सुरू हुने र आजै साँझ ६ बजेसम्म मतपरिणाम सार्वजनिक गरिने बताइएको छ।


174 Views

Comments