डीडीसीले बिक्री गर्ने चार प्रकारका दुधमा मूल्य बृद्धि

Bhugolpark

३ चैत्र, २०७९,११:२३

३ चैत, काठमाडौं ।भूगोल पार्कले देशविदेशको समयसामयिक विषयमा राजनीतिक, सामाजिक, आर्थिक, पर्यटन, खेलकुद, मनोरञ्जन आदि विधामा सत्यतथ्य सूचनाहरू दिइरहेको छ ।

देशमा फजुल खर्च र भ्रष्ट्रचार बढेर गएको छ।देशमा करिव आठ प्रतिशतका हाराहारीमा मूल्य बृद्धि भएको छ।जसको समायोजन गर्न भन्दै हरेक उपभोग्य सामानको बजार भाउ बढेर गएको छ तर नेताहरूको सुविधामा कटौती भएको पाइदैन।हरेक वर्ष सरकारी कर्मचारीहरूको तलव र भत्ता सरकारले बढाउँछ जसको मूल्य सर्वसाधरणले चुकाउँनु परेको छ।कृषकहरूलाई सरकारले विउकिजन मल आदि प्रतान गर्दैन तर उसले सरकारी ऋणको भार बोक्नुपर्छ।सर्वसाधरण जनताले आफ्नो गाँस काटेर तोन तहको सरकार र कर्मचारी पाल्नु परेको कुरा जगजायरै छ।

आज हामी दुग्ध विकास संस्थान (डीडीसी)ले सबै प्रकारका दूधको मूल्य बढाएको विषय लिएर आएका छौं ।

देशमा फजुल खर्च र भ्रष्ट्रचार बढेर गएको छ।देशमा करिव आठ प्रतिशतका हाराहारीमा मूल्य बृद्धि भएको छ।जसको समायोजन गर्न भन्दै हरेक उपभोग्य सामानको बजार भाउ बढेर गएको छ तर नेताहरूको सुविधामा कटौती भएको पाइदैन।हरेक वर्ष सरकारी कर्मचारीहरूको तलव र भत्ता सरकारले बढाउँछ जसको मूल्य सर्वसाधरणले चुकाउँनु परेको छ।कृषकहरूलाई सरकारले विउकिजन मल आदि प्रतान गर्दैन तर उसले सरकारी ऋणको भार बोक्नुपर्छ।सर्वसाधरण जनताले आफ्नो गाँस काटेर तोन तहको सरकार र कर्मचारी पाल्नु परेको कुरा जगजायरै छ।

दुग्ध विकास संस्थान (डीडीसी)ले सबै प्रकारका दुधको मूल्य बढाएको छ । संस्थानले बिक्री गर्ने चार प्रकारका दूधमा प्रतिलिटर न्युनतम् १० रुपैयाँदेखि अधिकतम् १६ रुपैयाँसम्म मूल्य बढेको छ ।

बढेको मूल्यअनुसारको दुध बिहीबारबाटै बजारमा पठाइएको दुग्ध विकास संस्थानका सूचना अधिकारी राजेन्द्र प्रसाद अधिकारीले बताए ।

संस्थानको बुधबार बसेको सञ्चालक समिति बैठकले दुधको मूल्य बढाउने निर्णय गरेको थियो । जसअनुसार सबैभन्दा धेरै बिक्री हुने निलो प्याकेटको स्ट्याण्डर्ड दुधको मूल्य लिटरमा ११ रुपैयाँले बढेर ९७ रुपैयाँ कायम भएको छ ।

संस्थानका अनुसार बजारमा पाइने आधा लिटरको एक पोका दुधको मूल्य काठमाडौं उपत्यकामा अब ४३ रुपैयाँबाट बढेर ४८ रुपैयाँ ५० पैसा कायम भएको छ ।

यस्तै लुम्बिनी प्रदेशमा प्रतिलिटर ९४ रुपैयाँ मात्रै तोकिएको छ भने नेपालगन्ज र धनगढीमा स्ट्याण्डर्ड दूधको मूल्य प्रतिलिटर ९२ रुपैयाँ तोकिएको छ ।

यस्तै, फूल क्रिम दुधको प्रतिलिटर मूल्य १३० रुपैयाँ पुगेको छ । यो दुधमा संस्थानले लिटरमा १६ रुपैयाँले मूल्य वृद्धि गरेको छ । अब बजारमा पाइने यस्तो दुधको आधा लिटर प्याकेटको मूल्य ५७ रुपैयाँबाट बढेर ६५ रुपैयाँ कायम भएको छ । विराटनगर भने यस्तो दुधको मूल्य ११४ रुपैयाँबाट बढेर १२० रुपैयाँ पुर्‍याइएको छ ।

गाईको दुधको मूल्य लिटरमा ११६ रुपैयाँ पुर्‍याइएको छ । यो दुधमा प्रतिलिटर १४ रुपैयाँले मूल्य बढेको छ । अब बजारमा पाइने आधा पोका गाईको दुधको डीडीसीको मूल्य ५१ रुपैयाँबाट ५८ रुपैयाँ पुगेको छ ।

बजारमा चिया पकाउन प्रयोग हुने लो-फ्याट चिया दुधको मूल्य भने लिटरमा १० रुपैयाँले बढाएर ८० बाट ९० बनाइएको छ । अब ४० रुपैयाँमा पाइने आधा प्याकेट दुधको मूल्य ४५रुपैयाँ पुर्‍याइएको छ।



314 Views

Comments