२ चैत, काठमाडौं।भूगोल पार्कको दृष्टिकोणमा हाम्रो देशका ठुला पार्टी अध्यक्षहरू आफैंले बनाएको चक्रव्यूहमा क्रमश: आफैं फस्दै गैरहेको देखिन्छ ।
निर्वाचनपछि कांग्रेसको पार्टी अध्यक्ष शेरबहादुर देउवाले वालुवाटारमा रक्सिको नसामा डुबेर संस्थापन इत्तरका कांग्रेसीसहकर्मीहरूसँग समेत छलफल नगरी माओवादीसँग गरेको चुनावपूर्वको सहमतिलाई तिलान्जली दिई एकलैटी निर्णय लिएर टिकडमको राजनीति गर्नाको अन्तिम केही घण्टा बाँकीहुँदा माओवादी र एमालेसहितका सात दलहरू मिलेर प्रचण्डलाई संघमा प्रधानमन्त्री बनायी उहाँको नेतृत्वमा सरकार बन्यो।
सरकार बनेको छोटो समयमा नै एमाले पार्टी अध्यक्षले प्रचण्ड र माओवादी पार्टीको सरकारलाई घेराबन्दी गर्न एमालेबाट आफूले उठाएकै उम्मेद्बारलाई माओवादीले राष्ट्रपतिमा भोट हाल्नुपर्ने रविले नागरिकता पुन:प्राप्ति गरेकोले रविलाई नै गृहमन्त्री बनाउँनु पर्ने माओवादीले शहिदहरूको सम्झना गर्न सार्वजनिक विदा दिनु गलत भएको भनी हाँसीटिउरी गरी माओवादी विरुद्ध चक्रव्यूह तयार गरे।
चतुर खेलाडी प्रचण्डले कांग्रेसको सहमति अनुसार पहिला आफूपछि माधव नेपाल र त्यसपछि देउवालाई प्रधानमन्त्री बनाउँने टिकडमको राजनीति गरी राष्ट्रपतिमा रामचन्द्र पौडेललाई निर्वाचित गरी दश दलीय नयाँ गठबन्धन बनाए।
अब फेरी टिकडमको राजनीतिलाई जारी राख्दै कांग्रस-एमाले मिलेर प्रचण्डसरकारलाई ढाली कांग्रेसको नेतृत्वमा सरकार बनाउँछन् कि विमलेन्द्र निधिले भने झैं प्रचण्डपछि माधव नेपाल र त्यसपछि देउवा प्रधानमन्त्री बन्ने हुन वा माओवादी प्रचण्डले विमलेन्द्र निधिले भने झैं सत्ता हस्तान्तरण गर्नेहुन भोलिका दिनले तय गर्दै जाला।
आज भने नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिको भनाई लिएर आएको छौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाबाट विश्वासको मत लिएपछि कांग्रेस सरकारमा सहभागी हुने बताएका छन्।
प्रधानमन्त्री प्रचण्डले पुस ८ भित्रै विश्वासको मत लिने तयारी गरेका छन्।
‘उपराष्ट्रपति निर्वाचनलगत्तै प्रधानमन्त्रीले विश्वासको मत लिनुहुन्छ। त्यसपछि कांग्रेस सरकारमा जान्छ,’ कांग्रेस ललितपुर नगर समितिले आज बिहान गरेको कार्यक्रममा निधिले भने, ‘गठबन्धन दलहरूबीच सहमति भएअनुसार सरकार पाँच वर्षसम्म कायम रहन्छ।’
नेता निधिले पहिलो चरणमा प्रधानमन्त्री प्रचण्डकै सरकार निरन्तर रहने बताए। ‘पहिलो चरणमा प्रचण्ड, दोस्रोमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र तेस्रो चरणको सरकारको नेतृत्व कांग्रेस सभापति शेरबहादुर देउवाले गर्ने सहमति छ,’ उनले भने।
नेकपा एमालेसँगको गठबन्धनबाट माओवादी मुक्त भएको पनि निधिको भनाइ थियो। गत पुस १० मा एमालेसहित ७ दलको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बनेका थिए। तर राष्ट्रपति चुनावका बेला एमालेसँगको गठबन्धन तोड्दै माओवादीसहित ८ दलको गठबन्धन बनेको थियो।
भूगोल पार्कको दृष्टिकोणमा अब हाम्रो देशका ठुला नेताहरू सत्ता लिप्सा र तिकडमको राजनीतिमा नलागि दिगो विकासको लागि स्थिर सरकार अपरीहार्य देखिएको छ।
Comments