उपराष्ट्रपति पदको निर्वाचनमा यादवलाई मत दिने कांग्रेसको निर्णय

Bhugolpark

१ चैत्र, २०७९,१४:४७

१ चैत,काठमाडौं।भूगोल पार्कले आज भने नेपाली कांग्रेस आसन्न उपराष्ट्रपति पदको निर्वाचनमा जनता समाजवादी पार्टी नेपाल (जसपा) का नेता रामसहायप्रसाद यादवलाई मत दिने निर्णय गरेको विषय लिएर आएका छौं ।माओवादी र नेकपा (एस)ले समेत यादवलाई मत दिने निर्णय गरेसँगै उपराष्ट्रपतिमा जसपाका उम्मेद्बार रामसहायप्रसाद यादवको जित सुनिश्चित भएको छ।उपराष्ट्रपति पदको निर्वाचनमा यही चैत ३ गते हुँदैछ ।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आज बसेको बैठकले सत्तागठबन्धनका तर्फबाट उपराष्ट्रपति पदका उम्मेदवार जसपा नेपालका नेता यादवलाई मत दिने निर्णय गरेको हो । बैठकले गत फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित वरिष्ठ नेता रामचन्द्र पौडेललाई बधाई तथा शुभकामना दिनाका साथै उहाँलाई मतदान गर्ने प्रतिनिधि सभा राष्ट्रिय सभा र प्रदेश सभाका सबै सांसदहरूलाई धन्यवाद ज्ञापन गरेको छ । यसैगरी बैठकले चितवन–२ मा हुने उपनिर्वाचनका लागि उम्मेदवारको सिफारिस गर्न पत्राचार गर्ने निर्णय गरेको महामन्त्री गगनकुमार थापाले जानकारी दिनुभयो ।

सरकारमा भने करिव एक हप्तापछि प्रचण्डले विश्वासको मत लिएपछि जाने कांग्रेसी नेताहरूले बताएपनि नौ दलीय गठबन्धनमा मन्त्रालयको टुङ्गो नलागेको भन्दै कसको नेतृत्वमा सरकारमा जाने बारेमा पनि टुङ्गो नलागेको बताएका छन्।


183 Views

Comments