नेपाल लाइफले एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्री गर्दै

Bhugolpark

३० फाल्गुन, २०७९,१४:१६

आजै एनआईसी एशिया बैंकमा खाता खोलि नेपालको नंम्बर एक बैंकबाट प्रचुर मात्रमा फाइदा लिनुहोस्।

३० फागुन,काठमाडौं।भूगोल पार्कले नेपालमा पहिलो पोलिङ र सर्भे वेबसाइट स्थापना भएको छोटो समयमा नै जनजनको मनमा बस्न सफल भएको छ ।यसले देशको राष्ट्रिय र अन्तराष्ट्रिय समयसापेक्ष घटनाहरूलाईं सत्यतथ्य-निष्पक्ष एवम् तटस्थ रही सही सूचनालाईं तथ्याङ्कमा आधारित भई इन्फ्रोग्राफिक साथै पहिलो पोलिङ र सर्भे टुइटर, फेसबुक, इन्टाग्राम आदिमा समाचार पस्किरहेका छ।

भूगोल पार्कले लामो समयदेखि एनआईसी एशिया बैंक लिमिटेडको बारेमा पाठक वर्गलाई समाचार प्रवाह गरिरहेको सर्वविधितै छ ।एनआईसी एशिया बैंक लिमिटेडले ‘सबैका लागि, सधैंका लागि’ भन्ने नाराकासाथ विगत लामो समयदेखि आद्युनिक डिजिटल प्रविधिको माध्यमबाट अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएकोले यो बैंक नेपालीहरूको मनमा बस्न सफल भएको हो।यो बैंक नेपाल सरकारबाट ‘क’ श्रेणीको मान्यता पाएका ठुला बैंकहरूमध्येका हुन्।

आज भने भूगोल पार्कले नेपाल लाइफ इन्सुरेन्सले आफ्नो स्वामित्वको एनआईसी एशिया बैंकको ५ लाख कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको समाचार लिएर आएका छौं। कम्पनीले प्रतिकित्ता ३९८ मूल्य तोकी उक्त सेयर विक्री गर्ने भएको हो ।

फागुन ३० गते उक्त सेयर विक्रीका लागि ३५ दिने सुचना बैंकले जारी गरेको छ । बैंकका अनुसार उक्त सेयर बैंकका विद्यमान संस्थापक सेयरधनीहरूले मात्र खरीद गर्न सक्ने छ ।

आगामी ३५ दिनभित्र विद्यमान संस्थापक शेयरधनीहरूले तोकिएको मूल्यलाई ध्यानमा राखी बैंकको केन्द्रिय कार्यालय थापाथली, काठमाडौंमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । 



185 Views

Comments