३० फागुन,काठमाडौं।भूगोल पार्कको दृष्टिकोणमा देश र जनताको प्रगति हुनको लागि माइक्रोसफ्टका सह-संस्थापक बिल गेट्सको जस्तै हाम्रो जस्तो अर्थतन्त्र जरजर भएको मुलुक नेपालका नेता र कर्मचारी तन्त्रहरूले सुविधा भोगी नभई सादगी जीवन जीउँने परिपाटिको थालनी गर्न सके मात्र पनि देश विकासलाई टेवा पुग्ने देखिन्छ।
हाम्रो देशका नेता र कर्मचारीहरू राज्य दोहन गरी सुविधा भोगी जीवन विताउँन चाहान्छन् तर माइक्रोसफ्टका सह-संस्थापक बिल गेट्स भारत भ्रमणका क्रममा विद्युतीय अटो रिक्शामा सवार देखिएका थिए र त्यसको भिडियो इन्टरनेटमा भाइरल भएको छ । अर्बपतिले आफ्नो इन्स्टाग्राम ह्यान्डलमा क्लिप सेयर गरेका छन्। क्लिपको सुरुमा उनी गाडीको ऐनामा आफूलाई हेरिरहेको देखिन्छ । "तीन पाङ्ग्रे अटोले वायुप्रदूर्षण शून्य उत्सर्जन गर्ने र कुनै आवाज नगर्ने यो के हो? भनेका छन् भने जवाफमा तीन पाङ्ग्रे अटो चालकले यसलाई महिन्द्रा अटो भनिन्छ," भनेको सुनिन्छ।बिल गेट्स भिडियोमा लेखिएको सुपर्स पढ्छन्।
उनले थ्री-व्हीलरका केही विशेषताहरू पनि साझा गरे, थपे, "शून्य-कार्बन उत्सर्जनको संसारमा सडकमा पुग्नको लागि हामीले कृषिदेखि यातायात सम्म सबै गर्ने तरिकालाई पुन: आविष्कार गर्न आवश्यक छ।" अर्बपतिले उपयुक्त सूट र टाई लगाएर विभिन्न सडकहरू पार गरे। उनको अभिव्यक्तिबाट, यस्तो देखिन्छ कि गेट्सले विद्युतीय सवारीमा रमाइलो मानेको देखिन्छ। अब तपाईहामी पनि उनको सादगी जीवन अनुसरण गर्ने हो कि ?
Comments