मातृका यादव प्रदेश कमिटीको बैठकमा अनुपस्थित

Bhugolpark

३० फाल्गुन, २०७९,११:०१

मधेसमा गिरिराजमणि पोखरेल र यादवबीच विवाद हुँदा पार्टी अधिकांश जिल्ला र स्थानीय तहमा कमजोर भएको छ भने सङ्घीय संसद्मा शून्य भयो

३० फागुन,काठमाडौँ ।भूगोल पार्कले आज नेकपा (माओवादी केन्द्र)का उपमहासचिव मातृका यादव माओवादी मधेस प्रदेश कमिटीको तीन दिन चलेको बैठकमा यादव बैठकमा अनुपस्थित भएको विषय लिएर आएका छौं ।

मधेसमा गिरिराजमणि पोखरेल र यादवबीच विवाद हुँदा पार्टी कमजोर भई गिरिराजमणि पोखरेल मोहोत्तरी १ बाट एमाले सांसद लक्ष्मी महतो कोईरीसँग पराजित हुनपुगेका थिए।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा गत शुक्रबारदेखि तीन दिनसम्म चलेको बैठकमा यादव सहभागी नभएका हुन् । मधेस प्रदेशमा विवाद हुँदा प्रदेश कमिटी समेत बन्न सकेको छैन । प्रदेशका इन्चार्ज गणेश साह मात्रै छन् भने अरू सदस्य मात्रै राखिएको छ । 

अधिकांश जिल्ला र स्थानीय तहमा नेतृत्व नहुँदा माओवादी कमजोर भएको छ । जसले गर्दा सङ्घीय संसद्मा शून्य भयो भने प्रदेश र स्थानीय तहमा निक्कै कमजोर हुन पुग्यो । 

अहिले मधेस प्रदेशको विवाद हुँदा २ महिने अभियान समेत प्रभावकारी हुन सकेको छैन । पार्टीको २ महिने पार्टी विस्तार र सङ्गठन सुदृढीकरण अभियान चलाएपछि प्रदेश सहित जिल्ला र स्थानीय तह कमिटीलाई पूर्णता दिने तयारी गरिएको छ ।  

मधेस प्रदेश कमिटीको बैठकमा पार्टीका पदाधिकारी सहित स्थायी समिति, केन्द्रीय सदस्य र प्रदेश सदस्यहरू सहभागी भएका थिए । तर, बैठकमा यादव सहभागी नभएपछि प्रधानमन्त्री प्रचण्डले समेत आक्रोश पोखेको एक नेताले बताए । मधेसको विवाद समाधान होला भनेर राखिएको बैठकमा यादव सहभागी नभएपछि प्रचण्ड चिढिएका हुन् । मधेसमा गिरिराजमणि पोखरेल र यादवबिच विवाद हुँदा पार्टी कमजोर भएको छ ।

यादव बिरामी भएकाले अनुपस्थित भएको पार्टी केन्द्रीय सदस्य अजयशंकर नायकले बताए । 'बैठकमा पार्टी पदाधिकारीसहित स्थायी समिति, केन्द्रीय सदस्य र प्रदेश सदस्यलाई बोलाएको थियो । हामी बैठकमा सहभागी भयौँ’ नायकले भने,‘उहाँ(मातृका यादव) बिरामी भएकाले आउनु भएन भन्ने सुनियो ।’  



369 Views

Comments