२९ फागुन, काठमाडौं । निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी लगातार दुई कार्यकाल पूरा गरी शीतल निवासबाट बिदा भएकी छन् । राष्ट्रपति भण्डारीको पाँच वर्षे कार्यकाल आइतबार सकिएको थियो। २०७४ साल फागुन २९ गते उनी दोस्रो पटक राष्ट्रपति निर्वाचित भएकी थिइन्। उनी त्यसअघि पनि एक कार्यकाल राष्ट्रपति थिइन्। नेपालको संविधान घोषणापछि २०७२ कात्तिक ११ गते उनी पहिलो पटक राष्ट्रपति भएकी थिइन्। राष्ट्रपति रामचन्द्र पौडेल गाडीसम्मै पुगेर भण्डारीलाई बिदाइ गरेका छन् ।
राष्ट्रपति भण्डारी शीतल निवासबाट बालुवाटारस्थित छोरीको निवासमा गएकी छन् । उनी बुढानीलकण्ठस्थित निजी निवासमा जाने भनिए पनि मर्मतको काम पूरा नभएकाले उनी छोरीको निवासमा गएकी हुन् ।
निवर्तमान राष्ट्रपति भण्डारीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आँखीझ्याल उपहार दिएर बिदाइ गरेका थिए ।
उनी शीतल निवासबाट निजी निवासमा जाँदै गर्दा नेपाली सेनाको टोलीले टुँडिखेलबाट २१ तोपको सलामी दिएको थियो ।
Comments