२८ फागुन,काठमाडौं।भूगोल पार्कको तर्फबाट अन्तर्राष्ट्रिय अवार्ड, २०२३ द्वारा राधा पोखरेलसहित ३ जना नेपाली सम्मानित हुनुभएकोमा हार्दिक बधाई एवं उत्तरोत्तर प्रगतिको शुभकामना !
डा. एपीजे अब्दुल कलाम फाउन्डेसनले नेपालबाट ३ जनालाई अन्तर्राष्ट्रिय अवार्ड प्रदान गर्ने भएको छ । "डा. एपीजे अब्दुल कलाम अन्तर्राष्ट्रिय अवार्ड, २०२३" का लागि नेपालबाट नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झा, नेपाल पूँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल र सामाजिक अभियान्ता सावित्री अधिकारीलाई चयन गरिएको छ ।
नेपाल पूँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेललाई लगानीकर्ताहरूको हकहितका लागि उनको कृयाकलाप, लेख तथा प्रयास र यसका साथसाथै, उनले गरेका सामाजिक सेवाका गतिविधीहरूलाई सम्मान गर्दै यो अवार्ड प्रदान गरिने भएको हो ।
उक्त अवार्ड यही १८ मार्चमा भारतमा एक कार्यक्रमकाबीच प्रदान गरिने अब्दुल कलाम फाउन्डेसनले जानकारी दिएको छ ।
Comments