नेपाल भित्रिने रेमिट्यान्समा २७.१ प्रतिशतले बृद्धि

Bhugolpark

२८ फाल्गुन, २०७९,१४:५८

२८ फागुन,काठमाडौं।भूगोल पार्कको दृष्टिकोणमा नेपालको आयातमुखी अर्थतन्त्रलाई थोरै भएपनि चालु आर्थिक वर्ष २०७९/८० को पहिलो ७ महिनामा नेपाल भित्रिने रेमिट्यान्स २७.१ प्रतिशतले बढेसँगै टेवापुगेको छ ।

नेपाल राष्ट्र बैंकले आज जारी गरेको तथ्याङ्क अनुसार २०७९ साउनदेखि माघ मसान्तसम्म नेपालमा कुल ६ खर्ब ८९ अर्ब ८८ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । 

अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा यसवर्ष नेपाल भित्रने रेमिट्यान्स २७.१ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा नेपाल भित्रने रेमिट्यान्स ४.४ प्रतिशतले घटेको थियो । 

पछिल्लो ७ महिनामा अमेरिकी डलरमा रेमिट्यान्स १६.४ प्रतिशतले वृद्धि भएको छ ।



169 Views

Comments