उपराष्ट्रपतिको मनोनयन दर्ता सम्पन्न सत्ता गठबन्धनबाटै तीन आकांक्षी

Bhugolpark

२७ फाल्गुन, २०७९,१४:४७

जनमतबाट ममता झा, जसपाबाट रामसहायप्रसाद यादव र प्रमिला यादवले उम्मेदवारी दिए

२७फागुन,काठमाडौं । निर्वाचन आयोगले उपराष्ट्रपति पदको निर्वाचनका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता गरेका छन् । उपराष्ट्रपति चयन गर्न ३ चैतमा निर्वाचन हुँदै छ ।

आयोगले उपराष्ट्रपति पदको उम्मेदवारी दर्ताका लागि आज बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्मको समय निर्धारण गरेको थियो । सो समयभित्र संसद् भवन नयाँ बानेश्वरस्थित निर्वाचन अधिकृतको कार्यालयमा उपराष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गर्न सकिने आयोगले जनाएको थियो ।

कांग्रेस, माओवादी, नेकपा एसको समर्थनमा जनता समाजवादी पार्टी(जसपा) का संसदीय दलको नेता रामसहाय प्रसाद यादवले उपराष्ट्रपति पदमा उम्मेदवारी दिएका छन् । शनिबार नयाँ बानेश्वरस्थित संसद् भवनमा रहेको राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालय पुगेर यादवले उम्मेदवारी दर्ता गरेका हुन् । 

यादवले सत्ता गठबन्धनका तर्फबाट उपराष्ट्रपति पदमा उम्मेदवारी दिएका हुन् । यादवको प्रस्तावका सांसदहरू अशोककुमार राई, प्रदीप यादव, किशान श्रेष्ठ, शक्ति बस्नेत, रमेशजंग रायमाझी छन् भने समर्थकमा रेखा यादव, अम्बिका काफ्ले, प्रकाश ज्वाला, खिमलाल देवकोटा, भानुभक्त जोशी रहेका छन् । उम्मेदवारी दर्ता गराएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उम्मेदवार यादवले निर्वाचित भए मुलुकको संविधानको रक्षा, गर्न संवर्द्धन गर्ने राष्ट्रिय एकताका लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गरे। उनले भने, ‘निर्वाचित भए मुलुकको संविधानको रक्षा, गर्न संवर्द्धन गर्ने राष्ट्रिय एकताका लागि पहल गर्छु ।’

उपराष्ट्रपति निर्वाचनका लागि जनता समाजवादी पार्टी(जसपा) बाटै प्रमिलाकुमारी यादवले पनि उम्मेदवारी दिएकी छिन् । शनिबार दिउँसो नयाँ बानेश्वरस्थित संसद् भवनमा रहेको राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालय पुगेर राष्ट्रिय सभा सदस्य यादवले उम्मेदवारी दर्ता गरेकी हुन् ।

यादवको प्रस्तावकमा सांसदहरू रन्जु झा, मृगेन्द्रकुमार सिंह यादव, नवलकिशोर शाह, दीपक कार्की, राजकिशोर यादव र समर्थकमा अनिता देवकोटा, विमला सुवेदी, सीता गुरूङ, जयन्ती राई, मनिष सुमन रहेका छन् ।

निर्वाचन आयोगले हिजो प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रपति खस/आर्यका समूहका भएकोले खस/आर्यका समूहका वाहेकको वा फरक लिङ्गको हुनुपर्ने भएको ले उपराष्ट्रपतिमा उम्मेदवार सो आधरमा सदर गर्न मुख्य निर्वाचनको कार्यलय बानेश्वरलाई निर्देशन दिएको थियो।त्यसैले कथंकदाचित सत्ता गठबन्धनका घटकको समर्थनमा उपराष्ट्रपतिमा उम्मेदवार बनेका जनता समाजवादी पार्टी(जसपा) का संसदीय दलको नेता रामसहाय प्रसाद यादवको उपराष्ट्रपति पदमा उम्मेदवारी रद्द भएमा सो पार्टी कै उपराष्ट्रपति निर्वाचनका लागि जनता समाजवादी पार्टी(जसपा) बाटै प्रमिलाकुमारी यादवलाई तयारी सोरुप उम्मेदवारी दिनलगाएको बुझिएको छ ।

जसपाले बिहीबार नै पार्टीको संसदीय दलका नेतासमेत रहेका रामसहाय यादवलाई उपराष्ट्रपति पदमा उम्मेदवार बनाउने निर्णय गरेको थियो । तर, शुक्रबार सत्ता गठबन्धनमा नै रहेका अन्य दुई दल नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीले पनि उपराष्ट्रपतिमा आफ्नो दाबी अघि सारेका थए ।

जनमत पार्टीकी नेतृ ममता झा उपराष्ट्रपति पदमा उम्मेदवारी दर्ता गर्न मुख्य निर्वाचन अधिकृत कार्यालय बानेश्वर पुगेकी छन् । सत्तारुढ १० दलहरूको बैठकले उपराष्ट्रपतिमा साझा उम्मेदवारमा सहमति जुट्न नसकेपछि झाले उम्मेदवारी गर्न बानेश्वर पुगेकी हुन् ।

सहमति नजुटेपछि जनमत पार्टी र जसपाले छुट्टाछुट्टै उम्मेदवारहरुको मनोनयन दर्ता गर्ने र यसबारे भोलिसम्ममा सहमति जुटाउने तयारी भएको पार्टी अध्यक्ष सीके राउतले जानकारी दिएका छन् ।

नेकपा एमालेबाट भने उपराष्ट्रपतिमा अष्टलक्ष्मी शाक्यले उम्मदवारी दिएकी छिन तर गठबन्धन कै साझा उम्मेदवारले नै उपराष्ट्रपतिमा जित्ने देखिन्छ।




288 Views

Comments